२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा ४ मा कांग्रेसका बागी इच्छाबहादुरलाई एमाले त्यागेका प्रभु साहको समर्थन



अ+ अ-

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका बागी इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले साथ दिएका छन् ।

मंगलबार फेटा गाउँपालिकामा क्षेत्रीय सभा कार्यक्रम गरी वाग्लेलाई समर्थन रहेको बताउन लागेका हुन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

बारा क्षेत्र नम्बर ४ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार रहेका छन् ।

बारा–४ बाट नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार थिए । तर गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीबाट पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले टिकट पाएपछि वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका छन् । एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपानेले पनि साहको अभियानमा लागेका छन् । एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका हुन् ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा बारा क्षेत्र नम्बर ४ मा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र लोसपा तेस्रो पार्टी हुन् ।