९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा ४ मा कांग्रेसका बागी इच्छाबहादुरलाई एमाले त्यागेका प्रभु साहको समर्थन



अ+ अ-

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका बागी इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले साथ दिएका छन् ।

मंगलबार फेटा गाउँपालिकामा क्षेत्रीय सभा कार्यक्रम गरी वाग्लेलाई समर्थन रहेको बताउन लागेका हुन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

बारा क्षेत्र नम्बर ४ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार रहेका छन् ।

बारा–४ बाट नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार थिए । तर गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीबाट पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठले टिकट पाएपछि वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका छन् । एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपानेले पनि साहको अभियानमा लागेका छन् । एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका हुन् ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा बारा क्षेत्र नम्बर ४ मा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र लोसपा तेस्रो पार्टी हुन् ।




भर्खरै