७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

यसरी मनाइयो सामाचखेवा पर्व

यसरी मनाइयो सामाचखेवा पर्व
अ+ अ-

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामाचखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो ।

पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाई जोतिएको खेत र निर्जन वनमा गाडेर सोमबार राति समापन गरेका हुन् । यस अवसरमा दाजुभाइले परम्परा धान्दै गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिएका थिए । सामाचकेवा पर्वका ११ दिन भए पनि यसपालि तिथिको भोग घटबढले १० दिनमै पर्व सम्पन्न भएको हो । मिथिला क्षेत्रमा मिथिलानीहरू ९मिथिलाका नारी०ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ ।

बोलीचालीको भाषामा ‘सामा खेल’ भनिने गरिएको यो ११ दिने पर्व दिदीबहिनी र दाजुभाइका लागि प्रतिक्षा, खुसी र आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ । पर्वका ११ दिनको मध्यरातसम्मको चकमन्न समयमा नगर गाउँबस्तीको चौबाटोमा समूहमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आपूmहरूबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको मिथिलानी बताउँछन् । गीतमार्फत आपूmहरूप्रति दिदीबहिनीले दर्शाएका प्रेम र समर्पण भावले सधैँ उनीहरूप्रति स्नेह र समर्पण भाव दिने गरेको मैथिल युवाको भनाइ छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा)लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । साहित्यकार डा राजेन्द्रप्रसाद विमलले दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको बताउनुभयो । रासस