१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई चुनावी फण्डाबाट प्रभावित नहुन वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ ।

सोमबार बिहान पोखरेल काठमाडौं महानगरपालिका वडा नम्बर ४ का मतदाताकहाँ पुग्नुभयो ।

सो भेटमा स्थानीय मतदाताले विगतका कामहरुप्रति सन्तोष व्यक्त गर्दै पोखरेललाई बाँकी कामहरू पूरा गर्नका लागि स्मरण गराए ।

स्थानीय रामकुमार राजोपाध्याय लगायतले पोखरेललाई सुझाव दिनु भएको थियो । ‘देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवालाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितेर आएपछि युवाका लागि विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरुले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदातालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘ हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशील छौँ । कुनै पनि चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदातालाई आग्रह गर्नुभयो ।