७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

बझाङका उम्मेदवारहरुको साझा एजेण्डामा ‘ताक्लाकोट सडक’

बझाङका उम्मेदवारहरुको साझा एजेण्डामा ‘ताक्लाकोट सडक’
अ+ अ-

बझाङ । आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उहाँका एजेन्डा थिए बिजुली र बाटो । ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो ।

ताक्लाकोट सडकको ट्र्याक, अरु ग्रामीण सडक बिस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन यस्तै(यस्तै थिए चुनावी एजेण्डा ।

त्यसयता देशमा धेरै चुनाव भए । तर उम्मेदवार फेरिए होलान एजेण्डा फेरिएका छैनन् । त्यसो त यस क्षेत्रका उम्मेदवार पनि भानुभक्त जोशी नै हुनुहुन्छ । कैयन राजनीतिक परिवर्तन पनि भए । तर हरेक निर्वाचनमा जोशी र उहाँको पार्टीका एजेण्डा भने फेरिएनन् ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार जोशीले यसपटक पनि ताक्लाकोट नाका खुलाउने र बझाङलाई प्रमुख व्यापारिक केन्द्र बनाउने योजना छाड्नु भएको छैन, बरु थप बिस्तार गर्ने बाचा गर्नुभएको छ ।

“मैले राजनीति सुरु गर्ने बेला डडेल्धुरासम्म मात्रै सडक पुगेको थियो तर अब बझाङका सबै वडासम्म बाटो पुग्दैछ”, जोशीले भन्नुभयो, “अधिकांश ठाउँमा सडक पुगिसक्यो । प्रत्येक वर्ष थोरै–थोरै काम गर्दै यहाँसम्म पुग्न सकेका हौँ, यसमा मेरो मुख्य भूमिका छ ।”

उहाँले हरेक पटक आफ्नो पार्टी सरकारमा हुँदा होस् वा नहुँदा होस् आफूले निरन्तर ताक्लाकोटका बारेमा वकालत गरिरहेको दाबी गर्नुहुन्छ । यसपटक निर्वाचन जिते ताक्लाकोट सडक खोलेरै छाड्ने उहाँको बाचा छ । “म धेरै भन्दिन तर चुनाव जिते मेरै कार्यकालमा उत्तरी नाका खुल्छ, यो भनेको समृद्धिको ढोका खोलिनु हो”, उहाँले भन्नुभयो ।

आफू पदमा रहँदा सडक निर्माणका लागि सक्दो बजेट विनियोजन गराएको र आफ्नै सक्रियतामा केही ठाउँमा ट्र्याक खोलिएको उहाँको दाब िछ । त्यसैगरी नेकपा (एमाले)का पुराना नेता एलबी रावल पनि आफू जिल्ला विकास समितिमा र संविधानसभामा रहँदा उत्तरी नाकाकै बढी वकालत गरेको दाबी गर्नुहुन्छ ।

रावलको सुरूआती निर्वाचनको एजेण्डा पनि ताक्लाकोट नाका नै थियो । “म विभिन्न पदमा रहेका बेला ताक्लाकोट सडक नै मेरो प्राथमिकतामा प¥यो । म जिविस बझाङको क्षेत्र नम्बर ९ थलाराबाट क्षेत्रपाल हुँदासमेत यो सडक हुनुपर्ने माग गरिरहन्थे । २०७० मा निर्वाचित भएपछि सेती नदी तर्ने पहिलो पुल निर्माण, सेती नदी र कालङगालगायतका नदीमा १० वटा पुलको डिपिआर तयार भएर निर्माणको सुरूआत गराएँ”, उहाँले भन्नुभयो ।

उहाँले चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि आफूले रु एक अर्ब विनियोजन गराएको स्मरण गर्नुभयो । “दोस्रो पटक रु ४० करोड हालेर चैनपुर–ताक्लाकोट भनेर एउटा प्रोजेक्ट बनाएर रु एक अर्ब ४० करोडको ठेक्का गराएको हुँ”, उहाँले भन्नुभयो । अब निर्वाचित भए ताक्लाकोट नाका खुलाउन सक्दो पहल गर्ने उहाँको जिकिर छ ।

अफिलाल ओखेडाले पनि आफू संविधानसभा सदस्यसमेत रहेका बेला ताक्लाकोट नाका खुलाउने एजेण्डा बनाएको दाबी गर्नुभयो । उहाँले पनि आफू संविधानसभा सदस्य हुँदा ताक्लाकोट सडकका लागि करोडौँ रूपैयाँ बजेट विनियोजन गराएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “त्यसबेला संसद्मा पनि ताक्लाकोट सडककै बारेमा वकालत गरिरहेको हुँ । यसपटक जिते भने ताक्लाकोट नाका खुलाएरै छोड्नेछौँ ।” बझाङको आर्थिकस्तर उकास्नका लागि उत्तरी नाका खोल्नैपर्ने उहाँको भनाइ छ ।

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महर, प्रदेश १ का लोकतान्त्रिक(वाम गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंह र प्रदेश २ का गठबन्धनकै उम्मेदवार भीम भण्डारी भने निर्वाचन लड्ने नयाँ अनुहार हुनुहुन्छ ।

निर्वाचनका लागि नयाँ अनुहार भए पनि चुनावी एजेण्डा भने सबै उम्मेदवारका लागि ताक्लाकोट सडक नै छ । लामो समय पार्टीकै जिम्मेवारीमा बस्दै आएका नेताहरु बझाङमा आएको विकासे बजेटको साक्षीदेखि बजेट माग्ने पहलकर्ता पनि हुनुहुन्छ । अब आफू सांसद भए ताक्लाकोट नाका खुलाएर सम्भावनै सम्भावना भएको बझाङले छिट्ट्रै रङ फेर्ने तीनै जनाको दाबी छ ।

“हाम्रो पार्टी सरकारमा भएको बेलामा ताक्लाकोटमा बजेट आएको र अब पनि म पदमा पुगेपछि अरू काम थन्क्याएर पनि ताक्लाकोट नाका खुलाउने प्रमुख काम रहन्छ,” महरले भन्नुभयो ।

पहिलो व्यापारिक मार्गका रूपमा रहेको ताक्लाकोट सडक खुल्ने वित्तिकै बझाङको जडीबुटी, हिमाली उत्पादन सबै निर्यात हुने र अर्थतन्त्रमा बझाङ अब्बल हुने उहाँको भनाइ छ ।

कति काम भयो ताक्लाकोट सडकमा ?

ताक्लाकोट नाका पुग्ने चीनले एकतर्फी रूपमा काम सम्पन्न गरेको छ । चीनले उरै भन्ज््याङ नजिकै ठाडो ढुङ्गासम्म सडक निर्माण गरिसकेको छ । बझाङ सदरमुकाम चैनपुरबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने उरैमा पुग्न नेपालतर्फबाट भने अझै ६३ किलोमिटर सडक खन्न बाँकी छ । यता बझाङबाट भने ४० किलोमिटर उत्तरसम्म मात्रै ट्याक खुलेको छ ।

कछुवागतिमा काम भइरहेको सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड ९चैनपुर(ताक्लाकोट० सडक आयोजना कार्यालयले जनाएको छ । १८ किलोमिटर दूरीको चैनपुर(रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरू गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन ।

दुई वर्षभित्र काम सक्ने गरी सुरूआती ठेक्का सम्झौता गरेकोमा सात वर्षमा ९५ प्रतिशत काम गरेको आयोजना कार्यालयका प्रमुख सुरेन्द्रबहादुर सिंहले बताउनुहुन्छ । यस्तै तल्कोटको रूपातोलादेखि साइपालको धुलीसम्म ४० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झनै कछुवा गतिमा छ । साढे चार वर्षमा सम्पन्न गर्ने गरी २०७४ मा ठेक्का लिएको यस कम्पनीले पाँच वर्ष हुँदा पनि ५० प्रतिशत काम गरेको छैन ।

चार वर्षको अवधिमा १४ किलोमिटर ट्रयाक खोलेको छ । आयोजना कार्यालय प्रमुख सिंहका अनुसार यस नागार्जुन जेभीले ०७६ पछिका ३ वर्षमा थप ६ किलोमिटर ट्रयाक खोलेको छ ।

“प्राकृतिक स्रोतले भरिएको यी ठाउँमा कैयन सम्भावना छन्,” एमालेका उम्मेदवार ऐन महरले भन्नुभयो, “दुई हजार मेगावाट विद्युत उत्पादन, पर्यटन गन्तव्य र कृषिको अथाह सम्भावना छ, त्यसैले चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्न सकियो भन वैदेशिक व्यापार गर्न सजिलो हुनेछ ।”

नेपाली कांग्रेसका नेता तथा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंहले पनि बझाङको भविष्य सडक र विद्युतबाट फेरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ(गाउँमा सडक पुगिसकेको छ । अब ताक्लाकोट नाका खुलेपछि यहाँको उत्पादन चीनसम्म पु¥याउन सकिन्छ ।”

एमालेका उम्मेदवार ओखेडा पनि आफूलाई हाइड्रोपावरको पक्षपाती भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मैले सांसदमा भएको बेला धेरैजसो हाइड्रोपावरकै बारेमा वकालत गरेँ । त्यसैको परिणाम अहिले पनि धमेनामा २१० मेगावाटको विद्युुत प्राधिकरणले मेगा प्रोजेक्ट बनाउँदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ ।”

राधा ज्ञावाली उर्जामन्त्री भएको बेलामा पटक–पटक बझाङका योजनाको बारेमा ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । अब पनि चुनाव जितेर संसदमा गएपछि धमेनामा बन्दै गरेको हाइड्रोपावर, कालङ्गा हाइड्रो, बाहुलीगाड, सुनीगाड तथा ओखेलजस्ता ठूला हाइड्रो निर्माणमा तीव्रता दिन पहल गर्ने बताउनुभयो । रासस