२७ मंसिर २०८१, बिहीबार
,
Latest
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु देशको आर्थिक स्थिति सुधारोन्मुख: राष्ट्र बैंक विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री २०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था ! गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने काठमाडौँलाई हराउँदै जनकपुर एनपिएलको प्लेअफमा त्रिविको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन ‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भयोः ओली (फोटोफिचर)



अ+ अ-

बलेवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभएको छ ।

नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उहाँको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उहाँले बताउनुभयो । नेकपा एमालेले आगामी मङ्सिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताउनुभयो । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले एमाले पार्टी एक ढिक्का भएको बताउनुभयो । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उहाँले पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले मङ्सिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताउनुभयो । “हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ”, ओलीले भन्नुभयो, “अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।”

कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।