१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको संगतले प्रधानमन्त्रीले बन्दुकको भाषण गर्न थाले– ओली



अ+ अ-

पोखरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संगतले प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दुकको भाषण गर्न थालेको आरोप लगाउनुभएको छ ।

पोखरामा सोमबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बन्दुक लिएर सीमामा जान प्रधानमन्त्री देउवालाई चुनौती दिनुभयो । प्रधानमन्त्री देउवाले केही दिनअघि सीमा बचाउन बन्दुक लिएर जान ओलीलाई चुनौती दिनुभएको थियो ।

बन्दुकले मात्र सबै समस्या समाधान नहुने, तथ्यका आधारमा समाधान खोजिनुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले प्रचण्डको संगतले प्रधानमन्त्री देउवाले बन्दुको भाषा बोलेको बताउनुभयो ।

आफूले गुमेको भूमि फिर्ता ल्याउनुपर्छ भनेको तर भोलिपल्टै प्रधानमन्त्री देउवाले ‘भाषण गर्दैमा भूमि फिर्ता आउँदैन, बन्दुक लैजानुस्’ भनेको भन्दै ओलीले भन्नुभयो, “म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौँ । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैन, तर्क तथ्यले गर्छ ।”