७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

दलहरुले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहीता उल्लंघन गरेः आयुक्त भण्डारी

दलहरुले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहीता उल्लंघन गरेः आयुक्त भण्डारी
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहीता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पार्नुभएको हो ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका निर्वाचनमा आचारसंहीता उल्लंघन भएको, धाँदली भएको, मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले राजनैतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहीता बनाएकाले पालना गरेर सबैले इमान्दारीता देखाउनुपर्नेमा पनि जोड दिनुभयो । आचारसंहीता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिवद्धता जनाएकाले प्रतिवद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क उहाँले गर्नुभयो । उहाँले निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरुले चुनौति नभई अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहीता लागू गर्ने कुरामा आयोग सधँै निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘ स्थानीय तहको निर्वाचनमा आचारसंहीताको सन्दर्भमा उठेका सवालहरु र त्यो भन्दा पछाडि अहिले हामीले गर्न लागेका र आचारसंहीता परिपालन गराउन गरिएका प्रयत्नहरुका बारेमा भन्नुपर्दा के आयोगलाई आचारसंहीता परिपालन गराउनलाई कठिन रहेछ रु परिपालन गराउन सक्दैन रु आयोगले खुट्टा कमाउँछ भनेर तीन पटक आरोप लाग्ने रहेछ । आचारसंहीता ड्राफ्ट गर्ने बेला राजनीतिक दलको उच्च स्तरको व्यक्तित्वहरु अगाडि राखेर हामी सामुहिक छलफलमा बस्छौँ ।’

त्यो बेलामा आयोगलाई “तपाईहरु आचारसंहीता बनाउन त अघि आउनुहुन्छ, तर लागू नै गराउन सक्नुहुन्न ”भन्ने पहिलो आरोप आउँछ । आचारसंहीता यसपटक कडाइका साथ लागू गर्छौं भन्दा “हुन्छ” भन्नुहुन्छ । जब हामीले कडाईका साथ आचारसंहीता लागू गर्ने भनेर लाग्छौँ, त्यो बेलामा आचारसंहीता उल्लंघन गर्ने हाँसीहाँसी हिँड्नुहुन्छ । अर्को आरोप विजयी उम्मेदवारले त कडाईसँग परिपालना ग¥यो आचारसंहीता, गरायो भन्छन् । पराजितले ‘आयोगले त आचारसंहीता नै लागू गर्न सकेन, फेरि ख्ट्टा कमायो’ भन्ने आरोप खेप्नुपरेको छ । दलहरु र आयोग बीचको संयुक्त दस्ताबेज हो आचारसंहिता ।’

‘कानून सबैलाई पढ्ने फुर्सद नहुनसक्छ तर आचारसंहीता निर्वाचनको मुखमा सबैले पढ्नुहुन्छ, पढेपछि मैले यो गर्न हुनेरहेछ र यो गर्नु नहुने रहेछ भनेर निर्वाचनमा होमिने सबै पक्षहरु जानकार हुनुहुन्छ । हामीले सबैलाई जानकारी गराएर सबैको सहमतिमा आचारसंहीता कार्यान्वयन गर्ने हो, आचारसंहीता कार्यान्वयन गर्ने सन्दर्भमा आयोग आफ्नो निष्ठामा प्रतिवद्ध छ ।’

‘निष्पक्षता र आयोगको निष्ठामाथि काहीँबाट शंका,उपशंका नगरे हुन्छ । कडाईकासाथ आचारसंहीता परिपालन गर्नुपर्छ । ताकि निर्वाचन, स्वतन्त्र, निष्पक्ष, भयरहीत वातावरणमा यसपटक भयो है अर्थात सबैले उन्मुक्त वातावरणमा निर्वाचन सम्पन्न भयो भन्नेकुरा महशुस गर्न सकुन् । देश र विदेशले पनि यसलाई विश्वास गर्न सकोस् भन्ने हेतुले हामी आचारसंहीता कार्यान्वयनको पक्षमा छौँ ।’

निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग कटिवद्ध रहेको र सोही अनुसार आफ्ना काम कारवाही अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।