• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्षण केन्द्र



बलेवा । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ ।

केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिनुभयो ।

आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको दश हेक्टर जमिन खाली गराएको थियो । उक्त क्षेत्रमा म्याग्दीका स्थानीयले अस्थायी टहरा निर्माण गरी मौसमी बसाइ गर्दै आएका थिए ।

गत वर्ष अस्थायी गोठ हटाएर जमिन खाली गराएको ढोरपाटन सिकार आरक्षण प्रमुख कँडेलले जानकारी दिनुभयो । अतिक्रमित भू(भागमा तीन सय ११ घरधुरीले घरटहरा निर्माण गरेर बसोबास गरेका छन् ।

सबैभन्दा बढी म्याग्दी जिल्लाको भागमा अतिक्रमण रहेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । प्रशासनिक सुविधा नभएको कारण अतिक्रमण रोक्न कठिन परेको छ । केन्द्रको पाखाथर, गाडीखोला, खालुडेखुलुडी, लामखोरिया, छेन्तुङ, सल्लाथान, नवी, स्यालपाखे, सल्लाथान क्षेत्रमा रहेका ३० परिवारले बारबन्देज गरेको जग्गा आर्थिक बर्ष २०७७÷०७८ मा खाली गरिएको थियो ।

कुल एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षण केन्द्रको म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी, रुकुमाको रन्मा, मैकोट, तकसेरा, कोल, रन्मा र काक्री तथा बागलुङको निसी, बोंगादोभान, अधिकारीचौर र बोवाङको क्षेत्रमा जग्गा अतिक्रमण भएको छ ।

अतिक्रमित जमिनमा स्थानीयले स्याउ, आलुलगायतका खाद्यन्न तथा फलफूल खेती गरेका छन् । अतिक्रमण रोक्न स्थानीयसँग आरक्षण केन्द्रले पटक–पटक आग्रह गरे पनि सफल भएको छैन ।

अधिकांश क्षेत्रमा सुरक्षा निकायको उपस्थिती बढाउन नसक्दा अतिक्रमण गर्नेका लागि सजिलो भएको कार्यालय प्रमुख कँडेलको भनाइ छ । विगत तीन वर्षदेखि अतिक्रण हटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन ।

केही घरहरु आरक्षण स्थापना हुनुअघि नै रहेका कारण सरकारले लालपूर्जा दिलाउनुपर्ने वा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख कँडेलले बताउनुभयो । लालपूर्जा वितरण, राहत तथा पुनस्र्थापना गर्न सरकारले मन्त्रिपरिषदको बैठकले नै टुङ्ग्याउनु पर्ने भएकाले अतिक्रमण हटाउन नसकिएको कँडेलले बताउनुभयो ।

आरक्षण केन्द्र घोषण हुनु पहिले नै बसोबास तथा खेतीपातीका लागि भोग चलन गर्दै आएको जग्गाको विषयमा आरक्षण केन्द्र र स्थानीयबीच विवाद कायम रहेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

आरक्षण केन्द्रले स्थानीयलाई नीति नियम तथा विषय वस्तु बुझाउन नसक्दा समस्या भएको उहाँको भनाइ छ । आरक्षण स्थापना हुनुपूर्व स्थानीयले हाल आरक्षले दाबी गरेको क्षेत्रमा खेतीवाली, मठमन्दिर निर्माण अस्थायी टहरा निर्माण गरेका छन् ।