१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको इच्छाका कारण वृद्धभत्ता दिने उमेर घटाइएको हो– स्वर्णिम वाग्ले



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको इच्छाका कारण पार्टीको चुनावी घोषणापत्रमा वृद्धभत्ता दिने उमेर घटाइएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा स्वर्णिम वाग्लेले घोषणापत्रमा ६५ वर्षमा वृद्धभत्ता दिने पार्टी सभापति देउवाको इच्छाबमोजिम भएको बताउनुभयो ।

अहिले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउँदै आएका छन् ।

घोषणापत्र आफ्नो संकल्पपत्र मात्र नभएर नेपाली कांग्रेसकै संकल्पपत्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ, केन्द्रीय समितिमा ८० प्रतिशतको उहाँलाई समर्थन छ, उहाँले नै ६५ वर्षमा वृद्धभत्ता दिने इच्छा राख्नुभएको हो ।”

डा वाग्लेका अनुसार यसअघिको वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६८ वर्षमा झार्ने काम पनि प्रधानमन्त्री देउवाकै कार्यकालमा भएको हो । “६५ वर्षसम्म क्रमशः ५ वर्षको कार्यकालमा पुर्‍याउनुपर्छ भन्ने इच्छा बमोजिम यो प्रतिबिम्बित भएको हो”, उहाँले भन्नुभयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झारिने उल्लेख छ ।