२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–३: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमाको उम्मेदवारी खारेज



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ ।

कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । कार्की काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेद्वारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

आयोगले काउन्सिल सदस्य भएवापत तोसिमाले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको उल्लेख गरेको छ ।