१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार एमालेः अध्यक्ष ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् ।

झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई ध्रुवमा बाँडिएको र एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा रहेको बताए ।

अध्यक्ष ओलीले सत्ता स्वार्थमा रहेको अर्को ध्रुवको नीति आत्मसमर्पणवादी, घुँडा टेकुवा भएको बताए ।

देशभक्तहरुको पार्टी एमाले विकासको पक्षधर भएको र यो पार्टीले देशमा विकास अभियन्ताका रुपमा अगुवाई गर्ने वताउँदै यस ध्रुवमा देशभक्तहरु एकत्रित हुँदै जान थालेको अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको वताउँदै झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताए ।

अध्यक्ष ओलीले देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ भन्दै एमालेले समर्थन गरेका सबै उम्मेदवार निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे

अध्यक्ष ओलीले भने– ‘अदालतको परमादेशबाट गठन भएको गठबन्धन सरकार जनताप्रति जवाफदेही छैन । सरकार भ्रष्टाचार र कमिशनखोर, दलालहरुको चङ्गुलमा छ ।

गठबन्धनका नेता नै विदेशीहरुका लागि कम्फर्टेवल सरकार हौ भन्दै भाषण गर्दै हिडेकाले जनताले हदैसम्म दुःख पाएका छन् ।’
अध्यक्ष ओलीले गठबन्धनका कारण देश र राष्ट्रियता नै रहने कि नरहने भन्ने प्रश्न उठेको छ भने ।

गठबन्धनले एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौता गरेका र सत्ता टिकाउन जे पनि गर्ने वताउँदै अध्यक्ष ओलीले नेकपा एमालेको देश बनाउने अभियानमा सहयात्रा सहकार्य गर्न सबैमा आग्रह गरे ।

अध्यक्ष ओलीले भने– ‘नेकपा (एमाले)सहित राप्रपा र जसपाको चुनावी तालमेल जसरी पनि सरकारमा जानुपर्छ भन्ने अर्थमा होइन । यो देशको रक्षा गर्न नेपाली जनतालाई स्वाभिमानसहित बाँच्ने अवस्था सिर्जना गर्न, नेपाली जनताको आर्थिक जीवनस्तर बदल्ने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एक भएर अघि बढ्नका लागि भएको हो ।’

उनले एमाले लगायत तीनै दलका कार्यकर्ताले इमान्दारीपूर्वक आफ्नो पक्षका उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत निर्देशन गरे ।

अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि न विकास छ, न ढुकुटीमा पैसा छ । यो सरकार घरको धुरीमा गिद्ध बस्दा अलछिन लाग्छ भन्ने नेपाली उखान जस्तै देशका लागि अलछिना भएको बताए ।

झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको उक्त कार्यक्रममा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग देशको विकास र राष्ट्रियताको पक्षमा सहकार्य भएकाले इमान्दारीपूर्वका एमालेका उम्मेदवारलाई विजयी गराउन राप्रपाका सम्पूर्ण कार्यकतालाई निर्देशन गरे ।

अध्यक्ष लिङदेनले देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने गरेको र आफू एमालेको साथमा रहने गरेको बताए ।