८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कर्णालीमा लोकप्रिय बन्दै भोसो

कर्णालीमा लोकप्रिय बन्दै भोसो
अ अ+ अ-

दैलेख । भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ ।

सदरमुकाम नजिकैको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसो अहिले पनि खेल्ने गरिन्छ । दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायमै छ । भोसो भिन्न–भिन्न नामले परिचित छ ।

भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भन्ने गरेको पाइन्छ । आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै (हुबहु) मान्दै आएको पाइन्छ । वर्ष दिनको एकपटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई ‘एकदिने खेल’ पनि भन्ने चलन छ ।

यो मुलतः पुरुषप्रधान खेल हो । नारीहरूका लागि रत्यौलीजस्तै भोसो हो । भोसोमा व्यक्त गरिने शब्द सुरुआतकालदेखि नै प्रचलनमा रहेको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताउनुहुन्छ । भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ । भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ । भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ । पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षहरूमा भने छोट्याइएको छ ।

यसरी हुन्छ भोसोकोे सुरुआत
गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ । गाउँका भोसी खेल्ने भुआराहरू जम्मा भएर भोसीको सुरुआत गर्दछन् । भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो)को जोहो गरिएको हुन्छ । दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ । जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन् ।

लक्ष्मी पूजाको बिहानीपख भोसो सेलाउने चलन हुन्छ । अथवा भोसो समापन गर्ने चलन हुन्छ । नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ । नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको झण्डै दुई किलोमिटर टाढा रहेको भुवाखाडामा यो सेलाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसो, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउँछ ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिङ्गी डाली खेल्ने, भैली खेल्ले गरिन्छ । त्यसपछि भोसोको समापन हुन्छ । भोसोको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा छ । यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान छ । विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, माङ्गल गाउने चलन छ । तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएकाप्रति अगुवाहरू चिन्तित छन् ।

भोसो संस्कृतिलाई जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरू बताउँछन् । वर्ष दिनमा एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउँछिन् । “पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ”, उनले भनिन् ।