१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीकाे भंगाहामा अनिश्चितकालीन कर्फ्यू



अ+ अ-

जलेश्वर I महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच आज दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न ४ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू लगाइएको जनाइएको छ ।

सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, -याली, सभा गर्न नपाउने तथा थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा जनाइएको छ । रासस