८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः उपाध्यक्ष पौडेल

गठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः उपाध्यक्ष पौडेल
file
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताउनु भयो । सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहो-याउनु भयो । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उहाँको भनाइ थियो ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ । गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ । र, मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरी र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ आजको मितिमा । र, त्यस अतिरिक्त हामीसँग निर्वाचन सहकार्य गरेका कतिपय राजनीतिक दलहरु पनि छन् । उनीहरुले पनि सरकार निर्माणमा हामीलाई साथ दिने स्थिति छ भन्दाखेरी हामी सुविधाजनक हाम्रो आफ्नै बहुमत । र, त्यसमा अरु पनि सहयात्री दलहरुको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं ।

यसमा कुनैपनि प्रकारको दुविधा राख्नुपर्ने आवश्यक्ता म देख्दिन । गठबन्धनको त वास्तवमा भन्नुहुन्छ भने गठबन्धनको अवस्थामा त राष्ट्रव्यापी रुपमै धेरै कमजोर देखिएको छ । र, गठबन्धनको अहिलेको मुलुकको समस्याको समाधान दिने माध्याम गठबन्धन होइन । गठबन्धन समस्या सृजना गर्ने माध्याम हो भन्ने सिंगो राष्ट्रको ठम्याइ छ । त्यसकारणले गठबन्धनले समस्याको समाधान गर्न सक्दैन । यसले समस्या श्रृजना गर्ने हो । समस्या समाधान गर्नका लागि एमाले चाहिन्छ । त्यसकारणले शासन सत्ताको बाघडोर, सत्ताको बाघडोर एमालेलाई हस्तान्तरण गर्नुपर्छ भन्ने नेपाली जनताको निस्कर्ष हो आजका मितिमा भन्ने मलाई लाग्दछ । र, यस अनुरुपकै नतिजा मंसिर ४ गतेको निर्वाचनबाट पनि प्रकाशित हुन्छ भन्ने मेरो अटल विश्वास छ ।’

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकीर गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणासमेत गर्नुभयो । उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ । र, विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्नेगरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ । मैले यस बीचमा निर्वाचन क्षेत्रका मतदातासँग, त्यहाँका बुद्धिजीवि, श्रमिक, मजदुर, किसान सबै उद्योगी, व्यवसायी, युवा विद्यार्थी, महिला, दलित विभिन्न अल्पसंख्यक समुदायहरु, जनसमुदाय, मधेसी समुदायका जनसमुदाय, मुस्लिम समुदायका जनसमुदायलगायत सबै विभिन्न जाति, भाषा, धर्म, संस्कृतिका जनसमूदाय सबैसँग भेटेर मैले कुराकानी गरेको छु ।

उहाँहरुसँग भेटेर कुरा गर्ने क्रममा यही निष्कर्षमा उहाँहरु पुग्नुभएको निस्कर्ष पाएको छु कि मंसिर ४ गतेको निर्वाचनमा हामी नेकपा (एमाले) को तर्फबाट प्रत्यासी रहनुभएका उम्मेदवारहरुलाई विजयी बनाउँछौं भन्ने त्यो मनस्थितिमा, त्यो निस्कर्षमा त्यहाँका मतदाताहरु पुग्नुभएको छ । र, हामी अघिल्ला नतिजाहरुलाई ब्रेक गर्नेगरी त्यो उचाईबाट यस पटक सफलता प्राप्त गर्छौं भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाई थियो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रिय विषय भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भौतिक पूर्वाधार र मानवीय संशोधनको विकास गरेर मुलुकको समग्र आम्दानीलाई अगाडि बढाउने प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि बताउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो,‘संविधान निर्माण पूर्व शासकीय स्वरुपका प्रश्नमा विषयमा दलहरु आफ्ना आफ्ना मान्यताहरु थिए । र, हामीले पनि आफ्ना मान्यताहरु सार्वजनिक गरेका हौं । त्यस हिसावले छलफल गरेका हौं । र, एउटा निस्कर्षमा पुग्दा हामीहरु विभिन्न दलहरु एउटा साझा सहमतिमा आइपुग्यौं । निस्कर्षमा आइपुग्यौं । र, अहिलेको संविधान जारी भएको छ । र, यो संविधानले यस्तो प्रकारको शासकीय स्वरुप अवलम्वन गर्ने निस्कर्ष अघि सारेको छ । आजको आवश्यक्ता शासकीय स्वरुपको बारेमा विचार वा पुनर्विचार भन्दा पनि आजको आवश्यक्ता संविधानको रक्षा हो । संविधानको प्रभावकारी कार्यान्वयन हो । संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान गतिशील दस्तावेज हो । संशोधन हुँदै जाला । त्यो अलग विषय हो । तर, आज हामी संविधानको रक्षामा केन्द्रित हुन चाहन्छौं ।

संविधानको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन चाहन्छौं । आजको आवश्यक्ता, आजको छलफलको मुख्य मुद्दा चाहीँ संविधानको प्रभावकारी कार्यान्वयननै हो । र, यसरी हेर्दाखेरी संविधानले जसरी आम नागरिकलाई जेजस्ता मौलिक हकहरु सुनिश्चित गरेको छ । ती मौलिक हकहरु सहज ढंगले प्रत्येक नागरिकले निर्वाध उपभोग गर्नसक्ने परिस्थिति कसरी निर्माण गर्नसक्छौं ? भन्ने प्रश्नचाहीँ हाम्रा निम्ति छलफलको केन्द्रिय विषय हुनुपर्दछ जस्तो मलाई लाग्छ । र, त्यो सँगसँगै राष्ट्रको समग्र आम्दानीलाई कसरी बढाउँछौं हामी । राष्ट्रको आयस्तर हामी कसरी बढाउँछौं । र, भौतिक पूर्वाधार र मानवीय संसाधनको विषय । यो दुई वटै विकासका आयामहरुलाई कसरी सन्तुलित रुपमा अगाडि बढाउँछौं भन्ने प्रश्न चाहीँ छलफलको केन्द्रिय प्रश्न हो भन्ने मलाई लाग्दछ । हामी त्यसै गरी सोचिरहेका छौं । र, त्यही मान्यताका साथ हामी हामी घोषणा पत्र पनि लिएर आउँदैछौं ।’

उपाध्यक्ष पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।