२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित

तुइन प्रकरणः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

तुइन प्रकरणः ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
फाईल फोटो
अ अ+ अ-

दार्चुला । सुरक्षा निकायले  महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी   तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्  ।

यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उहाँ बेपत्ता हुनुभएको थियो । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन् । सो घटनाका बारेमा सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत  शव खोजी गर्ने जनाएको छ ।

साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ । समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताउनुभयो । सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का   गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिनुभयो । ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ । छानबिन समिति संयोजक गौतमले भन्नुभयो, “ नदीमा  बेपत्ता धामीको शव खोजी जारी राखेका छौँ  ।” समितिले अहिले  बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ  । 

गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ । “हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मीलगायतसँग सोधपुछ चलेको छ ।” उहाँले भन्नुभयो । 

साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ । भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ, उहाँले भन्नुभयो, “ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौ ।” 

व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो । सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र  निमित्त प्रजिअ भट्ट हुनुहुन्छ ।

एकसातादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ ।