८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

फेरिएको तिहारः अघिल्लो पुस्तालाई छक्क पार्दै

फेरिएको तिहारः अघिल्लो पुस्तालाई छक्क पार्दै
अ अ+ अ-

भैलिनी आइन् आँगन…

‘हरियो गोबरले लिपेको…’ ।

तिहार लागेदेखि सञ्चार माध्यममा यो गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको सहरमा धेरै भयो । “भर्खर संसार चिन्दै गरेका केटाकेटीलाई हरियो गोबरबारे बुझाउन कक्षा नै चलाउनुपर्ने देखिन्छ”, अहिले चन्द्रागिरि नगरपालिका–१५ हुन पुगेको तीनथाना गाउँविकास समितिका तत्कालीन अध्यक्ष गोपीचन्द्र कार्की बताउँछन् ।

केही वर्ष अघिसम्म स्वदेशी मौलिकपन बचाएको ठानिने काँठमा समेत हरियो गोबरले लिप्नुको साटो आयातित रङ प्रयोग गरेर विभिन्न आकृति (रङ्गोली)बनाउने गरिएको छ । खासगरी युट्युबमा हेरेर त्यस्तै सिको गर्ने चलन अहिले सबैतिर छ । हरियो गोबर मात्र होइन ‘हरियो गोबरले लिपेको …’ भन्दै भैलो खेल्न आउने पनि हराए ।

बाटो छेउमा रहेको कार्कीको घरमा रातभर देउसीभैलो खेल्ने समूह पुग्थे । गत वर्ष दुई वटा समूह मात्र छिरेपछि परिवारमा कुरा भयो ‘अब देउसीभैलो लोप हुने भयो’ । यसपालि त अझ राति झण्डै ११ वर्षसम्म बस्दा पनि कोही आएनन् ।

आफ्नो बाल्यकाल र किशोर अवस्था सम्झँदै कार्की भन्छन्, “दसैँ सकिनासाथ टोल छिमेकमा जम्मा हुने र देउसीभैलोका लागि कसले लालटिन किन्ने ? कसले मट्टितेल किन्ने आदि जिम्मेवारी बाँडफाँट हुन्थ्यो । रातभरि देउसी खेलिन्थ्यो । एउटा घरबाट एकमाना जति धान, त्यतिनै चामल, सेलरोटी र १०÷१५ पैसाको दक्षिणा मिल्थ्यो । त्यसैलाई भाग लगाएर टीकाका दिन दिदीबहिनीलाई दक्षिणा दिथ्यौँ र जम्मा भएको धान चामल उपयोग गर्न एक दिन वनभोज जाने चलन थियो । अब ती सबै सम्झनामा मात्र भए ।”

यस्तै अनुभूति छ, अहिले दक्षिणकाली नगरपालिकामा पर्ने तत्कालीन शेषनारायण गाविसका अध्यक्ष शशी शर्मा पौडेलको पनि । विसं २०५१ मा उनी गाविस अध्यक्ष रहँदा रातभर देउसीभैलो हुने र त्यसमा केही विकृति पनि देखिन थालेको थियो । दक्षिणाको लागि मोलमोलाई गर्ने भने जति नदिए जे पायो त्यही बोलेर हिँड्ने प्रवृत्ति देखा परेको थियो । त्यसपछि गाउँका केही पाका मानिस जम्मा गरेर राति ११ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने र दक्षिणासमेत २५ रुपैयाँभन्दा बढी माग्ने निर्णय भएको उनले बताए ।

त्यसलाई कार्यान्वयन गर्न गाविसले प्रहरी परिचालन मात्र गरेन, गाविस पदाधिकारी सबैलाई अनुगमनमा खटायो । पछि त्यसलाई गाउँमै एक सामुदायिक भेला गरेर ५१ रुपैयाँसम्म पुर्याउने निर्णय भएको पनि उनी बताउँछन् । तर देउसीभैलो विस्तारै सेलाउँदै गएको अनुभव उनको छ । समयअनुसार बाजागाजा, साउण्ड सिस्टम आदि थपिँदै जानु स्वाभाविक भए पनि लोप नै हुने अवस्था आउन भने दिन नहुने उनी बताउँछन् ।

सबैभन्दा धेरै त रङ्गीन बत्तीले तिहारको फरकपन अनुभूत गराउँछ । “उज्यालो र बत्तीको पर्वका रूपमा मानिने तिहारमा यति धरै बत्ती कहाँ बल्थे र ?” आफ्नै बालककाल सम्झँदै ७१ वर्षीय शर्मा भन्छन् । उनका अनुसार त्यतिबेला आजका विद्युत्तीय बत्तीको कल्पना नगरिएको मात्र होइन काँठमा मैनबत्ती पनि थिएन । केराको सुत्लालाई काटेर त्यसमाथि एकछिन बालेको बत्ती नै त्यतिबेलाको तिहारको उज्यालो थियो । त्यतिबेला तरकारीमा भुटन हाल्नसमेत तेल नपुग्ने बेला पालामा दियो तेल हालेर धेरैबेर बत्ती बाल्नसमेत अधिकांश मान्छेले सक्ने थिएनन् । सहर पुग्दा शून्य वाटको चिमको एक लहर केही व्यापारीको घरमा देखिन्थ्यो ।

“त्यो नै हाम्रा लागि अचम्मको कुरा हुन्थ्यो”, उनको भनाइ छ । तीनथानामा केही मानिसले घर ढलान गर्दा माथिल्लो टपमा तिहारका लागि होल्डर फिट गर्न थालेका थिए । अहिले त्यो पनि पुरानो चलन हुन थालेको कार्की बताउँछन् ।

भाइलाई दिइने मसला र फलफूलमा पनि निकै मात्रामा परिवर्तन भएको महसुस वयोवृद्धहरू गर्दैछन् । अहिलेभन्दा निकै परिमाणमा मसला र गाउँघरकै सुन्तला, अम्बा र हलुवावेद फलफूलका रूपमा प्रयोग हुन्थ्यो । “सिङ्गो फर्पिङ बजारमा एउटै फलफूल पसल थिएन”, शर्मा भन्छन् । उनका अनुसार तिहारको विशेष मसला भनेकै कटुस हुन्थ्यो ।