८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे

आगामी निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटरः नारायणमान बिजुक्छे
अ अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभएको हो । उहाँले ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गर्नुभयो ।

उहाँले देशमा बिकराल समस्या देखा परिरहेको बताउनु भयो । उहाँले संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताउनु भयो । उहाँले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरुको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले निर्वाचनलाई एउटा ब्यारोमिटरको रुपमा लिँदै आएका छौँ । त्यो भनेको ब्यारोमिटरको पारो तल झर्न साथ आधीबेरी आउने संकेत भएजस्तै यदी हाम्रो पार्टीले र क्रान्तिकारी पार्टीहरुको मत सिमा धेरै माथि भयो भनेदेखि यसले क्रान्तिको सम्भावना हुन्छ भन्ने कुरा अरुअरु देशको क्रान्तिबाट पनि थाहा हुन्छ । यसकारण हामीले यसलाई हार, जित भन्दापनि मुख्य देशको परिस्थिति के–कस्तो छ भनेर जाँच्नको निम्ति ब्यारोमिटरको रुपमा प्रयोग गर्दै आएका छौँ । अहिले हाम्रो विरोध भनेको शासक दलहरु दुईवटा खेमामा विभाजित छन् । तर एउटै सिक्काका दुई पाटा हुन् । तिनीहरु बारम्बार सरकारमा गएको ३० वर्ष भयो । तर देशको समस्या झन् झन् बिकराल र जटिल हुँदै गएको देखा पर्दैछ । त्यसबाहेक साम्राज्यवादीहरु र बिस्तारवादीहरुको साँठगाँठ अन्तगत दक्षिण एशिया र नेपाल समेत र संसारमा नयाँ किसिमको तेस्रो विश्वयुद्धको सम्भावना देखिँदै आएको हुनाले हामीले यो निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गर्ने कुरामा हामी ध्यान दिन्छौँ । नेपाल मजदुर किसान पार्टीले सबभन्दा पहिले अन्तर्राष्ट्रिय परिस्थितिमा शासक दलहरुको दृष्टिकोण र हाम्रो दृष्टिकोणमा के फरक छ ? त्यसको परिणामहरु के–के होलान् ? साथसाथै राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरु को–को हुन् ? यी सबै कुरामा हामी गाउँ–गाउँमा, जिल्ला–जिल्लामा सबै ठाउँमा जनताको सामु हामी जानेछौँ ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत सावित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताउनु भयो । उहाँले गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाएर सफा हुन नसकिने भनि टिप्पणी गर्नुभयो । उहाँले गठबन्धनका दलहरुको झुठा कुरा गरेर, जात, क्षेत्रको कुरा गरेर र लोभ लालच देखाएर भएपनि मत लिने मात्रै भएको बताउनु भयो । मत पाएपछि पुनः सरकारमा गएर गलत सन्धि सम्झौताहरु गर्ने उद्देश्य दुवै गठबन्धनका दलहरुको रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हामी निर्वाचनमा दुई, चार मत ल्याउने उद्देश्य भन्दापनि यसलाई जनताको बीचमा, हामीले हाम्रो देशको परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनको निम्ति हामीले चुनावलाई प्रयोग गर्दैछौँ । यदी हामीहरु उनीहरुसँगै भएको भएदेखि फोहोर पानीमा नुहाएर हामी सफा हुनसक्छौँ भन्ने कल्पना गर्न सक्दैनौँ । यदी हामीहरु तिनीहरुको दुईवटा समूहमध्ये कुनैपनि समूहमा गएपनि कुरो एउटै भएको हुनाले त्यो गलत सावित हुने भएको हुनाले हामीले त्यो काम रोजेनौँ ।

दोस्रो कुरा सरकारमा जाने दुईवटै दलले ठूलाठूला समूहले वास्तवमा आ–आफू सरकारमा बस्दाखेरी के राम्रो के नराम्रो काम गरेको त्यो सबै कुरो जनताको सामुन्य भन्ने । अहिलेको समयमा तिनीहरुले भन्न गइरहेका छैनन् । यो घोषणापत्रमा ति कुराहरुको समिक्षा हुन्छ । त्यो समिक्षा आउनुपर्ने भएको हुनाले, आउनसाथै यसमा समिक्षा छैन भनेर जनताले आवाज उठाउने सम्भावना धेरै थियो । त्यसकारणले तिनीहरुले जे गरेर पनि झुठा कुरा गरेर, जातको कुरा गरेर, क्षेत्रको कुरा गरेर, पैसा दिएर, लोभ लालच देखाएर भएपनि मत लिने र सरकारमा जाने र फेरी गलत सन्धि सम्झौताहरु गर्ने । देशलाई डुबाउने । त्यो उद्देश्य हो तिनीहरुको ।’

उहाँले पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी शर्मा ओली र माधवकुमार नेपालहरु सच्चा कम्युनिष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँहरु सरकारमा जाँदा कम्युनिष्टले गर्ने काम र निर्णयहरु नगरेको भन्दै उहाँहरुलाई कम्युनिष्टको दर्जा दिनु नहुने बिजेक्छेले बताउनु भयो । उहाँले भन्नुभयो – ‘कम्युनिष्ट साँच्चै भएको भए एमाले, माओवादी, एकीकृत समाजवादी वा अरु सरकारमा गएपछि उनीहरु उत्पादनको सामानलाई सामाजिकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर सबै जनतालाई दिने, योग्यता अनुसारको काम दिने, जमिने जोत्नेको गर्ने त्यो केही पनि गरेनन् तिनीहरुले ।

रोजगारको विषयमा प्राथमिकता दिने । यसो गरेनन् भने कम्युनिष्ट होइनन् भन्ने थाहा छ । नाम नै लिऔँ भने प्रचण्ड दुई पटक प्रधानमन्त्री हुनुभयो । बाबुरामजी प्रधानमन्त्री हुनुभयो । उहाँले त कम्युनिष्ट अब खत्तम । समाजवाद पनि काम लाग्दैन भन्नुभयो । फेरि समाजवाद काम नलाग्ने मान्छे कसरी कम्युनिष्ट हुन्छ ? म कम्युनिष्ट होइन पनि भन्नु भो । विभिन्न थरीको कुरा पनि गर्नुभो । उहाँले रातीराती लागुपदार्थ खानुहुन्छ भने त मैले सुनेको छैन । नत्र आज एउटा कुरा भोली एउटा कुरा । उहाँ त स्वस्थ देखिनु हुन्छ । त्यसकारण त्यस्ता कम्युनिष्टलाई हामी कम्युनिष्ट भनेर दर्जा दियौँ भने गलत हुन्छ । प्रचण्ड, माधवहरुले पनि कम्युनिष्टले गर्ने कामहरु गर्नुभएको छैन । ओलीजीलाई पनि यही हो ।’

उहाँले कम्युनिष्टको नाममा सरकारमा गएका पार्टीहरुले जनताको पक्षका काम गर्न नसकेका बताउनु भयो ।