• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सिन्धुपाल्चोकको तातोपानीमा कात्तिक स्नान मेला सुरु



चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ ।

कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।

धारा व्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनलाई स्नान गर्न सजिलो गराउने उद्देश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरेको छ । महिलाका लागि तीन र पुरूषका लागि चारवटा धाराको व्यवस्था गरिएको उक्त समितिका पदाधिकारी विष्णु श्रेष्ठले बताउनुभयो ।

विसं २०४८ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनाइएपछि धाराको मर्मतसम्भार तथा व्यवस्थापनको काम हुँदै आएको उहाँले जानकारी गराउनुभयो ।