५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान थ्रेसरमा परेर एक महिलाको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ ।

कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ बर्षिया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्नगई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।