८ भाद्र २०८३, सोमबार
,
Latest
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर होइन, निष्ठा र जिम्मेवारीको पुस्तान्तरण हो हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति गठन



अ+ अ-

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा सदस्यहरु मनोनयन गरेको छ । कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमितिमा ३७ जना सदस्य मनोनीत गरेको हो ।

मुख्यसचिव कृष्ण पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य उर्मिला थपलियाको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचारप्रसार उपसमिति’ मा सदस्यहरु मनोनीत गरेको जानकारी दिए ।