८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले
अ अ+ अ-

कटारी । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षांैदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरुले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।

तिहारै आयो लौ झिलीमिली…

नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको यो गीतको पहिलो धुन बजेपछि बल्ल तिहारको रौनक बढ्छ । यो गीतको धुनसँगै हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको सम्म आइपुग्दा माहोल उल्लासमय हुन्छ र हरेक नेपालीले तिहार आएको अनुभूति गर्छन् । यो गीत तिहारका लागि त मुख्य गीत नै हो । त्यसैले यस गीतलाई तिहार, देउसी भैलोमा बज्ने गीतमा सम्झिनै पर्छ ।

लोचन भट्टराई र नूतन प्रधानले गाएको यस गीतमा सङ्गीत यादव खरेलको छ । विशेषगरी भैली गीत रहेकाले यसमा चेलीहरुको भैली गीतको सुगन्ध पाइन्छ । यस गीतलाई नेपाली चलचित्रको गीतहरुमा चाडबाड समेटिएको उत्कृष्ट गीतमा पनि लिन सकिन्छ । हरेक देउसी भैलो खेल्ने समूहले यो गीतलाई प्राथमिकतामा बजाउँदै नृत्य गर्ने गरेका छन् ।

सिमल बारुलै…

नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वरमा सजिएको देउसी गीत सिमल बारुलै सम्भवतः एक दशकदेखि नेपालका गाउँ सहर जतातै बढी घन्किने देउसी गीत हो । यो गीत घन्किन थालेपछि धेरै देउसी समूहले यसै गीत बजाएर देउसी खेल्ने गरेका छन् । करिब १८ मिनेटको यो गीतमा देउसी खेल्न आउनेहरुले घर प्रवेश गरेदेखि बिदा हुनुपूर्वका सबै भाका र शब्दहरुलाई सयपत्रीको माला उनेजस्तै गरी उनिएको छ । एकान्त रातमा देउसी, भैलोको आवाजसँगै कुकुर भुकेपछि घरमा हुने बूढाबूढीको संवादबाट सुरु हुने देउसी रोचक छ । भट्याउने देउसी भन्नेसँगै बीचबीचमा आएका पूर्वेली भाकाले छुनसम्म मन छुन्छ । यसकारण पनि यो गीत देउसीको सदावहार गीत भन्दा फरक पर्दैन ।

ढक र मक फूलैमा र फुल्यौ सिमल बारुलै फूलबारी हजुर बगानमा
नाचनी र आयौ खेलनी र आयौं सिमल बारुलै लक्ष्मी हजुर आगनमा
ए आ है…हहाहहाहहाहहा…

देउसी नृत्यका रुपमा दर्शकमाझ ल्याइएको यो गीतको सङ्कलन लक्ष्मी पराजुलीले गर्नुभएको हो । नेपाली लोक सांस्कृतिक केन्द्रले ल्याएको गो गीत हाम्रो भाका हाम्रो संस्कृत एल्बमको भाग २ मा समावेश छ । यस गीतमा सांस्कृतिक केन्द्रलाई मरुवा माझगाउँ सङ्खुवासभाका स्थानीयवासीले देउसी खेल्न सघाएका छन् । यसर्थमा यो पूर्वेली माटोको सुगन्धले भरिएको भाका हो । तर विस्तारै यो भाकाले देशभरका गाउँगाउँ सम्म घन्किने र मन छुने गरेको छ । देउसीको सुरुआतदेखि आशिक दिने र बिदा हुनेसम्मका सवै विषयलाई लय मिलाएर भाका बनाइएकाले पनि यो गीत देउसी खेल्नका लागि पूर्ण गीत हो ।

फूलको थुङ्गा टपक्कै टिपी…
फूलको थुङ्गा टपक्कै टिपी देउराली चढाउँदै
देउसीमा आयौँ भैलेनी आयौँ तिहार मनाउँदै

अरुण उपत्यकाको यो गीतमा पनि नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वर सुन्न सकिन्छ । पूर्वेली लोकसंस्कृति संरक्षणमा अब्बल अरुण उपत्यकाको लोकसुसेलीहरुको संरक्षणमा लामो समयदेखि कृयाशील खड्काको स्वरमा सजिएको यो गीत पनि नेपाली माटोको सुगन्ध बोकेको देउसी गीत हो । यस गीतको अध्ययन सङ्कलन नवीन खड्काले गर्नुभएको हो ।

सङ्गीतमा खड्कालाई यस गीतमा शिलाबहादुर मोक्तानले पनि सघाउनुभएको छ । आधा दशक अघिदेखि स्रोत दर्शकमाझ आएको यो गीत पनि पूर्वेली माटोको गीत हो । १३ मिनेट बढीको यो गीत पनि देउसीको लागि तयार गरिएको पूर्ण गीत हो । देउसी सुरु, मध्य र आशिक दिंदै देउसी घरबाट बिदा हुने प्रकृयालाई समेटिएको यो गीत पनि देउसीका लागि महत्वपूर्ण गीत हो ।

यसपालिको तिहारै रमाइलो…

पछिल्लो समय देउसीसँगै नृत्य गर्ने परम्परा बढ्दो छ । नृन्य बिनाको देउसी समूहको आकर्षण नै घट्न थालेको छ । यसर्थमा सामूहिक रुपमा आयोजना हुने देउसी कार्यक्रमहरुमा नृत्य राखिएकै हुन्छ । यस्ता नृत्यमा छुट्दै नछुटेको गीतमा यो गीतलाई पनि लिन सकिन्छ ।

कोहिनुर चलचित्रको यो गीत चलचित्रसँगै धेरैले मन पराएको गीत हो । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको यो गीत शम्भूजित बास्कोटाले सङ्गीत भर्नुभएको छ । नेपाली देउसीको समयलाई दृष्यमा देखाइएकाले र समसामयिक तिहारसँग जोडिएको यो गीत पनि देउसीमा बज्ने उत्कृष्ट गीतमा पर्दछ ।

देउसी, भैलो गीत देउसिरे भन साथी हो…

नेपाली गीत सङ्गीतमा चाडबाडलाई लक्षित गरी नयाँ सिर्जना ल्याउने चलन कायम नै छ । नयाँदेखि चलेका पुराना सर्जकहरु यस्ता सिर्जना बनाउन लोभिन्छन् । यसैक्रममा यसवर्षका लागि भर्खरै मात्रै पशुपति शर्मा, शान्तिश्री परियार, सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको नयाँ देउसी गीत सार्वजनिक भएको छ ।

यसले पनि छोटो समयमा दर्शक स्रोताहरुको मन जितिरहेको छ । गुडलक नेपाल युट्युव च्यानलमा सार्वजनिक भएको यो गीतले १० दिनमै करोड ‘भ्युज’ पाइसकेको छ । मुख्यगरी पशुपति शर्माले मुख्य भूमिका निर्वाह गरेको यो गीतले पनि तिहारमा रमाइलो दिन थालेको छ ।

यी गीतहरुका अलावा तिहार भन्ने बित्तिकै अन्याय चलचित्रको अधरमा आज उनकै छ गीत, आशा भोस्लेको दियो बाली साँझको, विजय पराजय चलचित्रको निधारमा लर्काएर सप्तरङ्गी टीका, राजु लामाको स्वरमा रहेको भाइटिकामा भेट्न आउँला बोलको गीतले पनि देश विदेशमा रहेका नेपालीको मन बिझाँउछ र बेस्सरी तिहार सम्झाउँछ । त्यस्तै टङ्क बुढाथोकीको भन भन भाइ हो, धर्मेन्द्र सेवानको देउसिरे, एक्स व्याण्डको देउसी भैलोलगायतका थुप्रै गीतलाई तिहारमा बज्ने गीतहरुका रुपमा लिन सकिन्छ । रासस