८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

रावल र भुसालप्रति ओलीको कटाक्षः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता छैन

रावल र भुसालप्रति ओलीको कटाक्षः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता छैन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ ।

भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? भनि प्रश्न समेत गर्नु भयो । शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिनु भयो । ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरी टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।

उहाँले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिनु भयो । आवश्यक्ता भन्दा बढि अवसर पाएकाहरु फेरी पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाई राख्नु भयो । अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । अनि काशिनाथ अधिकारी जस्तो अरुले त हिजो अस्तीसम्म भन्नुस्न असोज ३ गतेसम्म । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं ।

पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ? अरुलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभईकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरुको पछि नलाग्न पनि म हाम्रो साथीहरुलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यक्ता छैन । म के भन्न चाहन्छु भने– नेकपा एमालेमा न्याय हुन्छ । तर न्याय खुदै न्याय भनेको फेरी यस्तो चिज हो नि न्याय अनि सापेक्षा पनि हुन्छ । निरपेक्ष पनि हुँदैन ।

वास्तवमा भन्ने हो भने काशीनाथजीले न्याय पाउनु भएको छैन । मैले खाली मैले एउटा दृष्टान्त मात्रै भनेको हो । धेरैले न्याय पाएको छैन । अनि, कतिपय मान्छेहरुले पर्याप्त अवसरहरु पाएका छन । आवश्यक्ता भन्दा बढि अवसर पाएका छन । र, फेरी अवसरकै पछि कुँदेका छन । काममा पछि होइन । योगदान गर्नुपर्छ भन्ने भावना होइन । मैले पाउनुपर्छ, मैले के पाए ? यो मात्रै हिसाव छ । अरुले पाएनन् । अरु पनि खटेका छन यतापट्टी होइन । नेकपा एमालेको भावना त्यस्तो छैन् हुनु हुँदैन । म साथीहरुलाई आग्रह गर्न चाहन्छु । हामी समृद्ध नेपाल बनाउने संकल्पमा छौं । पालो त आईहाल्छ । अर्को कुरा हामी निर्वाचन जित्नु पनि परेको छ ।

निर्वाचन जित्ने, सरकार ठिक ढंगले चलाउने, संसद ठिक ढंगले चलाउने र पार्टी भित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने । अव गुटबन्दी नेकपा एमाले भित्र छैन । हुँदैन, हुन दिईदैन । कोही काखा, कोही पाखा हुँदैन । कोही नजिक, कोही टाढा हुँदैन । कोही अवसरै अवसरले थिचिने कोही अवसरको नजिक पनि पुग्ने नपाउने यस्तो खालको असमान र विभेदकारी व्यवहार पनि अव हुँदैन । एउटाले पाएपछि पाएको छ, पाएको छ । अर्कोले नपाएपछि नपाएको छ, नपाएको छ । यस्तो पनि हुँदैन । सकेसम्म सबैलाई यथोचित ढंगले योग्यता, क्षमता र योगदान सबै चिजको इतिहास को कदर गरेर जिम्मेवारी दिने परिपार्टी, मूल्यांकनको आधारमा जिम्मेवारी दिने परिपार्टी बसालिनेछ । विगतमा कमीकमजोरी भएभने सच्याएर अघि बढन सकिन्छ ।’

अध्यक्ष ओलीले मंसीर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गर्नु भयो । उहाँले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहो¥याउँदै त्यस लक्ष्य प्राप्तीका लागि आगामी मंसीर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘अव परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं । त्यसकारण म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन ।

यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ, यस निर्वाचनबाट । म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भिर गल्ती विगतमा गरेपनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनु भयो ।