८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कपनका कविहरूबाट तिहारको स्वागत

कपनका कविहरूबाट तिहारको स्वागत
अ अ+ अ-

काठमाडौँ । कपन साहित्य समाज, बूढानीलकण्ठले लक्ष्मीजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र प्रकृतिसम्बन्धी कविता वाचन गरेका छन् । कविता, मुक्तक, गजल, हाइकु र सुसेलीमार्फत उनीहरूले तिहारजस्ता पर्व र संस्कृतिको स्वागत गर्दै सीमारक्षा र देशभक्तिमा पनि जोड दिए ।

कार्यक्रममा त्रिलोचन आचार्यद्वारा लिखित मुक्तकसङ्ग्रह ‘विनासर्त’को पनि विमोचन गरियो । सङ्ग्रहमा सीमा अतिक्रमण, देशप्रेम, राजनीतिक नेताका आचरण, सांस्कृतिक विचलन, श्रमको सम्मान आदि विषयमा एक छन्दमा छ वटाका दरले ४० छन्दमा रचिएका दुई सय ४० मुक्तक छन् । प्रायः मुक्त लयमा चतुष्पदीमा लेखिने मुक्तकमा शास्त्रीय छन्दको प्रयोग कमै पाइन्छ । निजामती कर्मचारी आचार्यका यसअघि कविता, खण्डकाव्य र निबन्ध गरी सात कृति प्रकाशन भइसकेका छन् । सिन्धुपाल्चोक, इन्द्रावती–६, बडहरेका कविले विभिन्न पुरस्कार एवं सम्मान पनि प्राप्त गरिसकेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यवाहक सदस्य सचिव हेमनाथ पौडेलले प्रगतिशील कवि आचार्यका मुक्तकमा समाजको यथार्थप्रति आलोचनात्मक दृष्टिकोणका साथ भाग गाम्भीर्य र संरचनात्मक विशिष्टता पनि रहेको बताए । समालोचक डा रामप्रसाद ज्ञवालीले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यकारका विशाल र गतिशील जम्बोजेट भएको विचार राखे ।

समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मण अधिकारीले विसं २०६१ मा स्थापित समाजका गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा गोविन्द वेदमणि, ॐप्रसाद कोइराला, भारद्वाज मित्र, मित्रलाल पङ्ज्ञानी, बिसु केसी, श्याम रिमाल, केशव पाठक, विनोद वत्स, दुर्गा भमरकोटे, प्रमोद भण्डारी, भोला उपाध्याय र शान्ति रिसालले आआफ्ना रचना प्रस्तुत गरेका थिए ।