१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले प्रतिगामी शक्तिहरुसँग साँगगाँठ गरेको माधव नेपालको आरोप



file
अ+ अ-

बु्टवल । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँगगाँठ गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होशियार रहन पनि आम मतदातालाई आग्रह गर्नु भयो । चुनावको सम्मुखमा पारेर सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै उहाँले ओलीले थोरै मात्रै शक्ति आर्जन गरे भने आफूहरु देश छोडेर भाग्नुपर्ने अवस्था आउने जिकीर समेत गर्नु भयो ।

ओली राजसंस्थालाई पुनस्र्थापित गर्ने, देशमा घात गर्ने शक्तिहरुसँग मिलेकाले उनीबाट गणतन्त्र खतरामा पर्ने देखिएको अध्यक्ष नेपालको तर्क थियो । उहाँले केपी ओली सरकारमा रहँदा नै मुलुकमा अनुचित कार्यहरु भएको दोहो¥याउँदै अझै पनि उनका सुधारको सम्भावना नदेखिएको बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘मैले धेरैबाट सुनेको छु–केपी ओली सुध्रनेवाला छैनन् । भनेपछि कता–कता एउटा नयाँ तानाशाहको जन्म, कताकता नयाँ हिटलरको जन्म भए जस्तो लाग्दछ । त्यो हुनाले होशियार, गणतन्त्र खतरामा हुन्छ ।

केपी ओलीले अलिकति शक्ति आर्जन गरेभने बहुमतको त कुरै छोड्नुस्, देशपछि देश छोडेर भाग्नुपर्ने हुन्छ । यिनले गणतन्त्रलाई जोखिममा पार्नेछन । किन ? जम्मै प्रतिगामी शक्तिहरुसँग उनको साँठगाँठ छ । राप्रपाको नीति क्लिएर छैन ? राजतन्त्र पुनस्र्थापना गर्ने । इतिहासको रछ्यानमा फालिएको त्यो संस्थालाई जीउँदो बनाउने र सत्ता उनको हातमा पु¥याउने शक्तिसँग उनको साँठगाँठ छ । देशलाई कमजोर बनाउने शक्तिहरुसँग उनको साँठगाँठ छ । त्यस्तो खालको शक्तिसँग साँठगाँठ भएपछि त्यो गठबन्धन के अग्रगामी हुन सक्छ ? त्यो प्रतिगामी गठबन्धन हो । अपवित्र गठबन्धन हो । त्यो अनुचित गठबन्धन हो । त्यो देशघाती गठबन्धन हो ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने देशको आवश्यक्ता भएको पटकपटक उल्लेख गर्नु भयो । उहाँले देशमा संविधान रक्षा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन आफूहरुले गठबन्धन गर्नु परेको समेत बताउनु भयो ।