८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छः ओली

मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छः ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसीर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गर्नु भएको छ ।

अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसीर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताउनु भएको हो । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उहाँले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने पनि बताउनु भयो ।

ओलीले भन्नु भयो, ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु–यो सरकार काम गर्न जन्मेकै होइन । यसलाई काम गर्ने फुर्सद नै छैन । त्यसकारण यो बेग्लै उद्देश्यका साथ बनेको सरकार हो । अव मंसीर ४ पछि जनकपुरको रेल भन्दा छिटो विकासको गति अगाडि बढछ । हाईवे को गाडी भन्दा छिटो विकासका गति अगाडि बढछ । हाम्रो देशको विकासको गति अगाडि बढछ । साथीहरु ढुक्क हुन म आग्रह गर्दछु । र, यो सन्देश तपाईहरुले गाउँगाउँमा लिएर जानुहोस् । गाउँगाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसीर ४ गते गर्दैछ । अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ । त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस् । म त्यही आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप समेत लगाउनु भयो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले आफूहरुले निर्वाचन आचारसंहिता विपरित फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताउनु भयो । एमाले जनतालाई सचेत बनाउने र देशलाई समृद्ध बनाउने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस काममा आफूहरु प्रतिवद्ध रहेको दोहोर्याउनु भयो ।

उहाँले झापाको दमकमा रंगशाला बनाउनका लागि आफैंले काम सुरु गरेको र त्यो काम पूरा गरेरै छाडने दृढता समेत व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अरुले भनेजस्तो हामी फ्रि भिसा, फ्रि टिकट यस्तो भनेर हिँडेका छैनौं । मान्छे अल्मल्याएर हिँडेका छैनौं । विना ढेउवा पनि भनेका छैनौं । मान्छे अल्मल्याउने काम गरेका छैनौं । हाम्रो काम अल्मल्याउने होइन । जनतालाई सचेत बनाउने हो, संगठित बनाउने हो । र, अगाडि बढाउने हो । दमक रंगशालाको कुरा गर्नु भयो दमकमा । त्यहाँ रंगशाला बनाउन पर्छ मैले भने । सशष्त्र प्रहरीले लिएको जमिन मैले लिए ।

दशौं अरवको रंगशाला बनाउनु छ । उपभोक्ता समिति बनाउन सुरु भयो । अनि दुनिँयामा रंगशाला बनाउँदा समिति बनाउँछ ? पोखरामा हामीले रंगशाला बनायौं । कहाँ समिति बनाइयो ? जनकपुरमा रंगशाला बनायौं । कहाँ समिति बनाइयो ? अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउँछु भनेपछि अनेक झमेला गरेर ढिला भयो । मैले भनिसकेको छु–रंगशाला बनाउँछु । अव रंगशालाका कुरा सुरु गरेँ मैले । काम सुरु गरेँ मैले । जमिन तयार गरेँ मैले । बजेटमा पारे मैले । आगामी हाम्रो चुनावी घोषणा पत्र छिट्टै आउँदैछ । त्यसमा त्यसमा साथीहरुले ढुक्कले हेर्नु भए हुन्छ ।

हामीले के गरेको छौं विगतमा साथीहरुले देख्नु भएको छ । अरुले २० वर्षमा नगरेको काम तीन वर्षमा गर्यौँ । यो तीन वर्षमा भुईचालोका भत्काएका ७ लाख घर बनाएर पीडितहरुलाई हामीले हस्तान्तरण गर्यौँ । कतिपय तपाईहरुले पनि पाउनु भयो होला । हजारौं विद्यालय, हजारौं प्रहरी चौकी, हजारौं सरकारी भवन, हजारौं अस्पताल निर्माण ग¥यौं । दुई सय १० वटा बाटौ एकैचोटी शिलान्यास गरेको अघि बढायौं । हुलाकी राजमार्ग लगभग तयार गर्यौँ । हजारौं पुल, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग त्यसले मध्य पहाडको विकास गर्यो । र, सदरमुकामहरु जोडने काम गर्यो । किमाथाङ्का सदाबहार जोडने बाटो एमाले बाहेक कसले सोचेको थियो ? अव केही मिटर चट्टान काटन बाकि छ । सेनालाई दिइएको छ । किमाथाङका यसले सुगम बनाउँछ । देशको सबै ठाउँको विकास गरिन्छ ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताउनु भयो । उहाँले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताउनु भयो ।