१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिगमन र प्रतिक्रान्ति कम्युनिष्टभन्दा कांग्रेस धेरै उत्तमः प्रचण्ड



file
अ+ अ-

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन र प्रतिक्रान्ति कम्युनिष्टभन्दा नेपाली कांग्रेस धेरै उत्तम रहेको प्रतिक्रिया दिएका छन् ।

लुम्बिनी प्रदेशस्तरीय गठबन्धन दलका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘प्रतिगमनकारी गठबन्धन रोज्ने कि गणतन्त्र र लोकतन्त्र जोगाउने गठबन्धन रोज्ने भन्ने फैसला मंसिर ४ गते हुनेछ’, प्रचण्डले भने ‘प्रतिगमन र प्रतिक्रान्ति कम्युनिष्टभन्दा नेपाली कांग्रेस धेरै उत्तम हो, नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएका छन् ।’

शान्ति सम्झौता गर्दा नै कांग्रेस–माओवादीले एकअर्कामा भोट हालेको स्मरण गराउँदै प्रचण्डले अहिले गठबन्धनमा भोट दिन सकिन्न भन्ने विषय उपयुक्त नरहेको समेत बताए ।