१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

कराते प्रशिक्षक गुप्ता भन्छन्, ‘सिक्न आउँछन्, भविष्य खोज्न अन्यत्रै लाग्छन्’

कराते प्रशिक्षक गुप्ता भन्छन्, ‘सिक्न आउँछन्, भविष्य खोज्न अन्यत्रै लाग्छन्’
अ अ+ अ-

पर्वत । कर्णाली प्रदेशका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया नवौँ राष्ट्रिय खेलकुदबाट त्यति धेरै सन्तुष्ट छैनन् । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्णपदक जिते । पुरुष तीन हजार मिटर दौडमा दुर्गाबहादुर बुढाले आफ्नो प्रदेशका लागि स्वर्ण जिते । बुढा पाँच हजार मिटर दौडमा सेकेण्डले मात्र स्वर्णबाट चुके ।

यस्तै पुरुष उसुतर्फ नान छ्वान अलराउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्णपदक जिते । उनी १८ दशमलव ५४ स्कोर गर्दै च्याम्पियन बने । हमालले पुलिस क्लबका शनी श्रेष्ठलाई पछि पारेका थिए । प्रशिक्षक रोकायाले अझ धेरै स्वर्ण पदकको आश गरेका थिए । उनी खेलाडीभन्दा पनि बढी बेचैन भेटिए ।

मधेस–प्रदेशका सहायक कराते प्रशिक्षक राजेश गुप्ता भने आफ्ना खेलाडीबाट सन्तुष्ट छन् । नवौँ राष्ट्रियमा उनले रजत पदकसम्मको आश गरेका थिए । तर एउटा मात्र कास्यपदक प्राप्त भयो । पुरुष ६७ किलो तौल समूहमा मधेसका कृष्ण महतोले कास्य प्राप्त गर्न सफल भए । महतो सिरहाबाट छनोट भएर नवौँ राष्ट्रिय खेल्न पर्वत आएका थिए । उनी प्रशिक्षक गुप्ताका उत्पादन हुन । खासमा गुप्ता सिरहाका कराते प्रशिक्षक हुन् । उनी मधेस प्रदेशको कराते टोली ल्याएर कुस्मा आएका थिए ।

“मधेस प्रदेशबाट २९ खेलाडी सहभागी भएका थिए”, प्रशिक्षक गुप्ताले भने, “एउटा खेलाडी मात्र पदक प्राप्त गर्न सफल भए, म सन्तुष्ट छु ।” सहभागी खेलाडीमा पुरुष १६ र महिला १३ जना थिए । विभागीय टोलीको दबदबा रहेको नवौँ राष्ट्रिय मधेस मात्र होइन अन्य प्रदेशले पनि धेरै पदक जित्न सकेनन् । “मधेसका सबै जिल्लामा प्रशिक्षण छैन, केही ठाउँमा प्रशिक्षण दिने गरे पनि नियमित भने छैन”, प्रशिक्षक गुप्ताले भने, “समग्रमा करातेमा प्रदेशको अवस्था कमजोर छ ।”

गुप्ताले देशका अरु धेरै सहायक प्रशिक्षक जस्तै २०५२ सालमा करार जागिर खाएका हुन् । उनी २०६१ सालमा स्थायी भए । उनी २७ वर्षदेखि सहायक प्रशिक्षकका रुपमा कराते खेलाडी उत्पादन गरिरहेका छन् । सिरहाको लहान नगरपालिका–७ घर भएका गुप्ताले २०४६ देखि कराते खेल्न थालेका हुन् । त्यतिबेला उनी कक्षा १० मा पढ्थे । उनले ६० किलो तौल समूहमा राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता खेले । करार प्रशिक्षकमा कार्यरत छँदा पनि २०५७ सालसम्म गुप्ताले कराते प्रतियोगिता खेले ।

“चप्पलमै खेले, जुत्ता किन्न पैसो थिएन”, गुप्ताले विगत सुनाए । उनले कराते सिकेको खेलको खुला मैदानमै हो । कभर्डहलको त कल्पना नै गर्न सकिन्नथ्यो । “अहिले लहानमा मात्र कभर्डहल छ, कराते अभ्यास गराउन पालो नै आउदैन’’, उनले भने, ‘‘ब्याडमिन्टन खेल्नेको भीड हुन्छ, हामीभित्र पस्नै सक्दैनौँ ।” यसपाली नवौँ राष्ट्रियमा सिरहाबाट मात्रै १७ कराते खेलाडी छनोट भए । छनोट हुनेमा सात महिला र १० पुरुष थिए । सिरहा वरपरका जिल्लाबाट न्यून सङ्ख्यामा खेलाडी छनोटमा परे । ती जिल्लामा प्रशिक्षक नभएर खेलाडी छनोट हुन सकेका भने होइनन् । “सप्तरी र सर्लाहीमा चार चार, महोत्तरीमा तीन, धनुषा र बारामा दुई÷दुई तथा पर्सामा एक प्रशिक्षक छन्”, गुप्ताले जानकारी दिए । रौतहटमा भने कराते प्रशिक्षक छैनन् ।

यसपाली नवौँ राष्ट्रियमा सप्तरीबाट दुई, धनुषाबाट एक, महोत्तरीबाट एक, सर्लाहीबाट चार, रौतहटबाट दुई तथा बारा र पर्साबाट एक एक खेलाडी छानिएका थिए । गुप्ताले साँझ बिहान नियमित प्रशिक्षण गराउँछन् । उनलाई अर्की सहायक प्रशिक्षक दुर्गाा धामीले साथ दिएकी छिन् । सिरहाको लहानमा दुई, मिर्चैयामा एउटा र गोलबजारमा दुई वटा कराते डोजो सञ्चालनमा छन् । ती सबै डोजोमा गरी झण्डै चार सय खेलाडी कराते सिक्दै आएको प्रशिक्षक गुप्ताले बताए । “खेलाडी कराते सिक्न आउँछन् तर भविष्य खोज्न अन्यत्र लाग्छन्”, उनले भने । गुप्ताले सिकाएका एक सयभन्दा बढी खेलाडी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कार्यरत छन् । धेरैजसोले कराते खेल्नकै लागि विभागीय टोली रोजेका हुन् । त्यहाँ खेलेर आर्थिकरुपमा मजबुदका साथै पदोन्नति पनि हुन्छ । “प्रदेशमा खेलेर भविष्य बन्दैन भन्छन् र कराते सिकेर अन्यत्र लाग्छन्”, उनले भने, “भारतीय सेना र बेलायती सेनामासम्म मैले सिकाएका खेलाडी भर्ना भएका छन्, अन्यत्र गएर भविष्य बनाएकामा म धेरै खुशी छुँ ।”

गाउँमै खेलेर भविष्य बन्छ भन्ने सन्देश खेलाडीको परिवारमा नगएसम्म प्रदेशको पदक तालिकामा सुधार हुन नसक्ने गुप्ताको ठम्याइ छ । “राष्ट्रिय प्रतियोगितामा सहभागितासम्म मात्र सीमित बन्ने अवस्थाको अन्त्य चाँडै होला जस्तो छैन”, उनले भने, “खेलाडीको भविष्य सुनिश्चित गर्न पालिका, प्रदेश र सङ्घीय सरकार जिम्मेवार बन्नै पर्छ ।” मोफसलका खेलाडीलाई सधैँ आर्थिक अभावले पिरोल्छ । कराते मात्र होइन अन्य खेलमा पनि आकर्षित गर्नै सकिएको छैन । खेलमा लागे पढाइ बिग्रिन्छ भन्ने अभिभावकको बुझाइ छ । लामो समयसम्म खेलमा टिकाउन सहज पनि छैन । खानपिनमा उत्तिक्कै ध्यान दिनुपर्छ । लगानी जुटाउन नसके बीचमै खेल छाड्नुपर्ने अवस्था छ ।

“हामी कराते निःशुल्क सिकाउँछौँ, शुल्कको कुरा गरे खेलाडी खेल्नै आउँदैनन्”, प्रशिक्षक गुप्ताले भने, “न्यून शुल्कसमेत लिएका छैनौँ, अरु धेरै ठाउँमा शुल्कसमेत लिने गरेको सुनेका छौँ ।” कोही प्रशिक्षकले अभ्यास गराएको नगराएको हेर्ने बुझ्न कोही नआउने उनले बताए । अनुगमन नै नभएको १० वर्षभन्दा बढी भएको गुप्ताको भनाइ छ । “खेलाएको नखेलाएको हेर्न कोही पनि आउँदैनन्, अभ्यास गराए नि ठिक, नगराए नि ठिक जस्तै छ”, उनले भने । गुप्ता भने २७ वर्षदेखि कराते खेलाडी उत्पादनमै समर्पित छन् । रासस