९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरुगाढा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो: प्रचण्ड



file
अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ‘गोरुगाढा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको बताउनुभएको छ ।

पोखरामा जारी गठबन्धनको प्रादेशिक भेलामा उहाँले जनआन्दोलनताका एमालेभित्र केही मान्छेले गोरुगाढा सिद्धान्त बताएको भन्दै भन्नुभयो, “पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन थालेपछि गठबन्धन बन्यो ।”

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाका निम्ति गोरु गाढा सिद्धान्तविपरीत गठबन्धन बनेको बताउनुभयो । निर्वाचनका लागि मात्र नभई ठूलो मेहनत र छलफलपछि गठबन्धन बनेको भन्दै उहाँले निर्वाचनका लागि गठबन्धन बनेको भनिँदा गठबन्धनको सिद्धान्तलाई नजरअन्दाज गरेको ठहर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई जिताउने गरी सन्देश दिन आफूहरु पोखरामा आएको उहाँको भनाइ थियो । चुनावपछि गठबन्धन जुनसुकै हालतमा विजयी हुने भन्दै अध्यक्ष प्रचण्डले नयाँ आर्थिक विकासको युगतर्फ लैजान पनि गठबन्धनको विजयी आवश्यक भएको बताउनुभयो ।

अहिले परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वमा गठबन्धन बनेको उहाँको भनाइ थियो ।