२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरुगाढा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो: प्रचण्ड



file
अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ‘गोरुगाढा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको बताउनुभएको छ ।

पोखरामा जारी गठबन्धनको प्रादेशिक भेलामा उहाँले जनआन्दोलनताका एमालेभित्र केही मान्छेले गोरुगाढा सिद्धान्त बताएको भन्दै भन्नुभयो, “पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन थालेपछि गठबन्धन बन्यो ।”

अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाका निम्ति गोरु गाढा सिद्धान्तविपरीत गठबन्धन बनेको बताउनुभयो । निर्वाचनका लागि मात्र नभई ठूलो मेहनत र छलफलपछि गठबन्धन बनेको भन्दै उहाँले निर्वाचनका लागि गठबन्धन बनेको भनिँदा गठबन्धनको सिद्धान्तलाई नजरअन्दाज गरेको ठहर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई जिताउने गरी सन्देश दिन आफूहरु पोखरामा आएको उहाँको भनाइ थियो । चुनावपछि गठबन्धन जुनसुकै हालतमा विजयी हुने भन्दै अध्यक्ष प्रचण्डले नयाँ आर्थिक विकासको युगतर्फ लैजान पनि गठबन्धनको विजयी आवश्यक भएको बताउनुभयो ।

अहिले परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वमा गठबन्धन बनेको उहाँको भनाइ थियो ।