५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा मतपत्र पुग्दै



अ+ अ-

सुदूरपश्चिम । आसन्न निर्वाचनको तयारीको क्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र सुदूरपश्चिम प्रदेशमा पुग्न थालेको छ ।

प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका लागि समानुपातिकतर्फको मतपत्र ढुवानी गरेर सम्बन्धित जिल्लामा पु¥याउन लागिएको कैलालीस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेमराज भट्टले भन्नुभयो, “निर्वाचन आयोगबाट सुदूरपश्चिम प्रदेशका लागि समानुपातिक मतपत्रको ढुवानी निर्वाचन आयोगबाट सम्बन्धित जिल्लामा पुग्ने क्रममा रहेको छ, अछाम र बाजुरा जिल्लाका लागि भने केही दिनपछि मात्र मतपत्र पु¥याउने तयारी छ ।”

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा जम्मा १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबैभन्दा बढी पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् ।

यस्तै कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक÷एक निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाका प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेशसभाका दुई निर्वाचन क्षेत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनको तयारीको क्रममा कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ र ३ मा निर्वाचन कार्यालयले मतपेटिका पठाइसकेको र थप आवश्यक सामग्रीसमेत पठाउने तयारी भइरहेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन गरी अन्तिम सूची तयार पार्ने काम भइरहेको छ ।

एक मतदान केन्द्रमा स्वयं्सेवकसहित ११ कर्मचारी खटाउन लागिएको छ । यो जिल्लामा तोकिएका दुई ३७ मतदानस्थलमा छ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । आसन्न निर्वाचनमा कैलालीमा झण्डै छ हजार अस्थायी मतदाता छन् । यसको यकिन तथ्याङ्क तयार गर्ने काम निर्वाचन कार्यालयले गरिरहेको छ । अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था निर्वाचन कानुनले गरेको छ ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी, कारागारका कैदीबन्दीलाई मतदानको व्यवस्था गर्नका लागि जिल्लाभरि सात ठाउँमा मतदान केन्द्रको व्यवस्था गर्न लागिएको छ ।




भर्खरै