८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मिथिलामा दिवाली–छठपर्वको चटारो

मिथिलामा दिवाली–छठपर्वको चटारो
अ अ+ अ-

महोत्तरी । दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व आर्जनका खास अवसरसमेत बन्ने गरेका हुन् ।

करेसाबारीमा लगाइएका फूल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दिवाली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घर–करेसामा रहेका केराका कोथा ९नयाँ हुर्केका बिरुवा० बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन् ।

“खासमा केराको झ्याङमा प्रतिझ्याङमा तीन वटाभन्दा बढी बोट राख्नु हुँदैन, बढी भएका कोथा ९केराका भर्खरै बढेका बोट० छ्याँसेर ९उखालेर० फ्याँक्नुपर्छ”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतो भन्नुहुन्छ, “यो कोथा छ्याँस्ने काम हामी दिवालीको मुखमा गर्छौँ, सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।” केराका थामका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ । लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थामको बजार नै लाग्ने गरेको छ ।

केरा फल र कोथा दुवैको माग हुने दिवाली र केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ । दिवाली र छठसँगसँगै जस्तो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ । यसबाहेक ज्यामिर (कागतीकै एक प्रकार), बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुवै पर्व ९दीपावली र छठ०का पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घर–करेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।

यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दियो बाल्ने दियौरी ९पाला० दिवाली र छठपर्वका खास सामग्री हुन् । अरुबेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ । दुवै पर्व (दीपावली र छठ)को आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ ।

दिवाली (तिहार, दीपावली)को पक्ष सुरु भए पनि पर्व लाग्न अझै तीन–चार दिन बाँकी छ । यद्यपि पर्वमा माग हुने कृषि उपज र बनाइने अन्य सामग्रीबारे सोधखोज र चासो बढेको छ । पर्वका सामग्री किन्ने उपभोक्ताले यस्ता सामग्री खोज्ने, किन्ने र दामकाम पक्कापक्की गर्न थालेका देखिँदो छ । यसपालि अनुकूल वर्षा नहुँदा अपेक्षित धानबाली लगाउन नपाएर पिरोलिएका किसान अहिले पर्वविशेषमा महत्व पाउने आफ्ना कृषिउपज ९अदुवा, उखु, ज्यामिर, केरा आदि० बेचेर पर्व टार्ने धुनमा देखिन्छन् ।

“आफ्नो त खासै जग्गा छैन हजुर, घर छेउको करेसाबारीमा थोरै अदुवा सपारेकी छु, एउटा बोट ज्यामिर लटरम्म फलेको छ”, भङ्गाहा नगरपालिका–४ रामनगरकी किसान मञ्जु कापर भन्नुहुन्छ, “दिवालीमा यिनै उपज बेचेर आफ्नो पर्व खर्च जुट्ने विश्वासमा छु ।” करेसाबारीको दुई–तीन धुर जग्गामा उखु पनि रहेको र पर्वमा उखुका लाँक्रा बिक्ने गरेको हुँदा दिवाली, छठ सहजै टार्ने मञ्जुको विश्वास छ ।

हिन्दू वैदिक परम्पराका दिवाली र छठपर्व कृषिसँग अभिन्नरूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती (अन्नबाली) लगाउने समय सकिएको र नयाँ बाली (धान) भित्र्याउने समयअघि पर्ने यी पर्व धनी–गरिब सबैका लागि खुसीको अवसर हुने गरेका पाका मैथिल बताउँछन् ।