९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेको ओलीको आरोप



अ+ अ-

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलेदेश लुटेर खाने बाहेक केही गर्न नसकेको आरोप लगाउनु भएको छ ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि वताउनुभयो ।

ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सरकारको नेतृत्व एमालेले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो भन्नुभयो, ‘मैले विश्वास लिएको छु, मंसिर ४ पछि एमालेको सरकार बन्छ कसैले रोक्न सक्दैन, म आग्रह गर्न चाहान्छु कुनै अलमलमा नपरी देश बनाउने अभियानमा जुटेर एमालेलाई देशव्यापी रुपमा विजयी बनाउने अभियानमा संलग्न हौं,एमालेको सरकार बनाऔं, देशमा शान्ति, सुव्यवस्था, स्थितरता, स्थायित्व र सुशासनको अभियान चलाऔं र समृद्ध नेपाल सुखी नेपाली बनाऔं ।’

विकास गर्न एमालेकै सरकार चाहिने भन्दै उहाँले यसअघि सरकारको नेतृत्व गर्दा एमालेले सो कुरा पुष्टि गरेको बताउनुभयो । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको अध्यक्ष ओलीले बताउनुभयो।

पूर्वाधार तथा विकासमा धेरै काम भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूला भवन, पुल, पुलेसा, बाटो, भ्युटावर लगायत संरचनादेखि भूकम्पले भत्काएका संरचना पुर्ननिर्माण गर्ने काम भएका छन्।’

कोभिड जाँच गर्ने प्रयोगशाला नभएको अवस्थालाई अन्त्य गरेको, कोभिड महामारीबीच पनि विकास निर्माण अभियान अघि बढाइएको, देशैभर एकैपटक रणनीतिक महत्वका योजना,सडक र अस्पताल शिलान्यास गरेको उहाँले स्मरण गर्नुभयो ।गठबन्धन सरकार आएपछि सुचारु भएका र शिलान्यास भइसकेका योजना काटेको अध्यक्ष अध्यक्ष ओलीले आपत्ति पनि जनाउनुभयो ।

एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र संकटमा परेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकारमा हुँदा पैसा हुने,यिनीहरु आए कि त पैसा छैन ।’