• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू ★   गिरिबन्धु टि–स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ – महामन्त्री थापा ★   कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गर्ने ★   राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ★   सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको छ – महासचिव पोखरेल ★   धितोपत्र व्यवसायीको कमिसन घट्यो ★   नीति तथा कार्यक्रम सार्वजनिक हुँदै ★   दश महिनामा ६० प्रतिशत बजेट खर्च ★   गिरीबन्धु टी–स्टेटका मजदूरले पाएनन् पारिश्रमिक ★   सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउने सम्भावना

देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेको ओलीको आरोप



झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलेदेश लुटेर खाने बाहेक केही गर्न नसकेको आरोप लगाउनु भएको छ ।

गृह जिल्ला झापामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि वताउनुभयो ।

ओलीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि सरकारको नेतृत्व एमालेले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो भन्नुभयो, ‘मैले विश्वास लिएको छु, मंसिर ४ पछि एमालेको सरकार बन्छ कसैले रोक्न सक्दैन, म आग्रह गर्न चाहान्छु कुनै अलमलमा नपरी देश बनाउने अभियानमा जुटेर एमालेलाई देशव्यापी रुपमा विजयी बनाउने अभियानमा संलग्न हौं,एमालेको सरकार बनाऔं, देशमा शान्ति, सुव्यवस्था, स्थितरता, स्थायित्व र सुशासनको अभियान चलाऔं र समृद्ध नेपाल सुखी नेपाली बनाऔं ।’

विकास गर्न एमालेकै सरकार चाहिने भन्दै उहाँले यसअघि सरकारको नेतृत्व गर्दा एमालेले सो कुरा पुष्टि गरेको बताउनुभयो । आफू नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिसँगै हरेक क्षेत्रमा असाधारण काम गरेको अध्यक्ष ओलीले बताउनुभयो।

पूर्वाधार तथा विकासमा धेरै काम भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठूला भवन, पुल, पुलेसा, बाटो, भ्युटावर लगायत संरचनादेखि भूकम्पले भत्काएका संरचना पुर्ननिर्माण गर्ने काम भएका छन्।’

कोभिड जाँच गर्ने प्रयोगशाला नभएको अवस्थालाई अन्त्य गरेको, कोभिड महामारीबीच पनि विकास निर्माण अभियान अघि बढाइएको, देशैभर एकैपटक रणनीतिक महत्वका योजना,सडक र अस्पताल शिलान्यास गरेको उहाँले स्मरण गर्नुभयो ।गठबन्धन सरकार आएपछि सुचारु भएका र शिलान्यास भइसकेका योजना काटेको अध्यक्ष अध्यक्ष ओलीले आपत्ति पनि जनाउनुभयो ।

एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था ठिक रहेको तर गठबन्धन सरकार आएपछि अर्थतन्त्र संकटमा परेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकारमा हुँदा पैसा हुने,यिनीहरु आए कि त पैसा छैन ।’