८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बागलुङमा निर्माण गरिएको कभर्ड हल तीन दिनमै चिटिक्क: सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल

बागलुङमा निर्माण गरिएको कभर्ड हल तीन दिनमै चिटिक्क: सीमित पूर्वाधारमा उल्लासपूर्ण खेल
अ अ+ अ-

गलकोट । लामो समयको प्रयासमा निर्माण गरिएको बागलुङको बाङ्गेचौरस्थित कभर्डहलमा नवौंँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताका लागि पर्याप्त आवश्यक पूर्वाधार थिएन । सानो कभर्डहल, बाहिरी संरचना अस्तव्यस्त, टिनको छानोमुनी खेल आयोजना गर्न निकै कठिन र चुनौतीपूर्णनै थियो । विद्युत्, खानेपानी तथा शौचालयको व्यवस्थापन नभएको सो हल तीन दिनमै चिटिक्क प¥यो ।

हलको रातारात मर्मत सम्भार, रङ्गरोगन तथा विद्युतीकरण गरियो । बाहिरी संरचना रातारात परिवर्तन गरेर सम्माइयो । सीमित भौतिक पूर्वाधार र छोटो समयको तयारीमा बागलुङमा प्रतियोगिता उल्लाहसपूर्ण वातावरणमा सम्पन्न भयो । “म खेल सुरु हुनु भन्दा तीन दिन पहिला यहाँ आउँदा कभर्डहल बाहिर झाडी पलाएको रहेछ, हलमा खेल्न अन्य कुनै पूर्वाधार थिएन, यस्तो स्थानमा राष्ट्रिय खेल हुन्छ र ?भन्ने लाग्यो तर यहाँको बागलुङ नगरपालिका खेलप्रति उत्साहित रहेछ, हामीले रातदिन खटिएर काम गर्दा परिणाम निकाल्यौंँ”, तेक्वान्दो खेलकुद प्रतियोगिताका मुख्य प्रशिक्षक अञ्जु रावतले भन्नुभयो, “साच्चिकै यहाँको व्यवस्थापकीय पक्ष निकै राम्रो पायौँ, हल पर्याप्त थिएन, सानो हलमा खेलाडीलाई समस्या थियो । तर स्थानीय व्यवस्थापकले खुल्ला रुपमा दर्शकले हेर्ने गरी समेत प्रतियोगिताको व्यवस्थापन गरिएको रहेछ, खुसी छु कुनै खेलाडीले खाना र बस्नको विषयमा गुनासो गरेनन् ।”

खेलाडी धेरै दर्शकको बीचमा खेल प्रदर्शन गर्न चाहने भएकाले हल अत्यन्तै सानो भएको रावतको भनाइ छ । उहाँले राष्ट्रिय खेललाई हल सानो भए पनि अन्य सेवा सुविधा, भौगोलिक वातावरण र खेलाडीको उत्साहका कारण यहाँ प्रतियोगिता सफल भएको छ भन्नुभयो । राष्ट्रिय प्रतियोगिताले बागलुङमा खेलप्रतिको उत्साह थपेको छ । स्थानीय दर्शकलाई आइटिएफ तेक्वान्दो खेलप्रतिको रुचि बढाएको छ । हल सानो भएपछि बाङ्गेचौर खेलमैदानमा रोचक खालका आइटिएफ खेल दर्शकमाझ खेलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

राष्ट्रिय खेलका कारण बागलुङमा खेलकुद पूर्वाधार निर्माणमा राज्यको ध्यानाकर्षण भएको खड्काको भनाइ छ । राष्ट्रिय खेलकुदका कारण बागलुङमा खेल पूर्वाधार निर्माणको ढोका खोलिएको खेलप्रेमीको भनाइ छ । “छोटो समयमा जे जति सकियो गरियो, समग्रमा बागलुङले राष्ट्रिय प्रतियोगितामा यहाँ परेको खेल सञ्चालन गर्न सक्यो भन्ने लाग्छ, यसले यहाँको पर्यटन र व्यापार व्यवसायमा सुधार आएको छ”, खड्काले भन्नुभयो, “प्रतियोगिता सञ्चालनका क्रममा केही पूर्वाधारको अभाव खड्किएको छ, नगरपालिकाले विस्तारै पूर्वाधार थप गर्दै जानेछ, बागलुङवासीले प्रतियोगितालाई उत्सापूर्ण ढङ्गले हेरेका छन्, सबैको सहयोगले राष्ट्रिय प्रतियोगिता सम्पन्न भएकोमा स्थानीय व्यवस्थापक बागलुङ नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछौँ ।”

कभर्डहल सानो हुँदा दर्शकलाई समस्या भए पनि खेलाडीले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गरेका थिए । जिल्लास्तरीय प्रतियोगिताका लागि निर्माण गरिएको हलमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्ने कुरा एकदमै ठूलो भएको आइटिएफ तेक्वान्दो प्रतियोगिताका खेलाडी रुविका खड्काले बताउनुभयो । खड्काले खेलाडी बागलुङप्रति निकै सकरात्मक भएर घर फर्किन थालेको बताउनुभयो ।

“यहाँ सबैभन्दा बढी राम्रो लागेको होटल र खानाको व्यवस्थापन हो, कुनै खेलाडीको गुनासो पाइन, भौगोलिक हिसाबले निकै शान्त र रमणीय वातावरणमा खेल खेल्न पाइयो”, खड्काले भन्नुभयो “आगामी दिनमा बागलुङले खेल पूर्वाधारमा वृद्धि गरोस्, कम्तीमा एक हजार दर्शक अटाउने बहुउद्देश्यीय कवर्डहल निर्माण गरोस् ।”

उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको नवौंँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताले बागलुङमा खेल पूर्वाधार भने थप गर्न आवश्यक देखाएको खेलको स्थानीय व्यवस्थापक बागलुङ नगरपालिकाले जनाएको छ । आइटिएफको उर्वर भूमिमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नेपालभरका आइटिएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक, तथा अतिथिले बागलुङको विषयमा जान्न पाउने मौका पाए । खेल पूर्वाधारमा सहयोग गर्ने आश्वासन दिएको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

यो प्रतियोगिताले बागलुङको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको स्थानीय अर्जुन चोखालले बताउनुभयो । चोखालका अनुसार देशभरका खेलाडीले बागलुङका चर्चित पर्यटकीयस्थलको अवलोकन गरे । उद्घाटन समारोहमा बागलुङमा संरक्षित कला तथा संस्कृति सतिघाटु, लाखे नाच, घोडा नाच, यानीमाया र मालाश्री प्रदर्शन गरियो । उद्घाटनमा दुई हजार बढी दर्शकको सहभागिता थियो ।

असोज २९ देखि सुरु भएको खेल कात्तिक २ गते सम्पन्न भयो । आइटिएफ तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टिमका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० टिम कोच, अफिसिएल तथा म्यानेजर सहभागी थिए ।

बागलुङमा पहिलो पटक भएको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गरे । सो प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी १३ स्वर्ण, आठ रजत र तीन कांस्यसहित २४ पदककासाथ पदक तालिकाको शीर्षस्थानमा रहेको थियो । रासस