८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जुत्ता सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘सीपको सम्मान भएन

जुत्ता सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘सीपको सम्मान भएन
अ अ+ अ-

कमलामाई । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम (४३ वर्ष) ।

जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुडिएको जोड्नु उहाँको पेसा हो । यो पेसाले उहाँलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उहाँ बताउनुहुन्छ ।

हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिनुभयो । रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्तानका रुपमा जन्मनुभएका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ््लेख गर्न नपाउनुभएका उहाँ सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य हुनुभयो ।

यो पेसा सुरु गर्दा उहाँ १६ वर्षे ठिटो हुुनुुहुन्थ्यो । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आउनुहुन्थ्यो । महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माढीबजार आएको उहाँलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे ।

समय सधैँ कहाँ एकैनास हुने रहेछ र रु आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियोे । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरु बन्दै गए । जङ्गल गाउँ हुँदै सहरमा परिर्वतन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उहाँ भन्नुहुन्छ, “तर हाम्रा दुःख ज्यूँका त्यूँ छन् । मेहेनत र सङ्र्घषले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।”

आधुनिक प्रविधिको जमानामा पनि उहाँको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उहाँले आफ्नो जीवनशैली परिर्वतन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताउनुभयो । “मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्”, बुवाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ”, उहाँले भन्नुभयो ।

जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पुर्याउनै धौधौ हुने उहाँको भनाइ छ । “कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनु पर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०–१५ हजार पनि हुँदैन”, उहाँले सुनाउनुभयो ।

नथुनीको भाइ राजकुमार राम (वर्ष ३९) को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा पर्नुभयो । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत जानुभयो । लेखपढ नभएको उहाँलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सक्नु भएन । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको ९जो अहिले गरिरहनु भएको० सीप सिकेर गर्ने निर्णयमा पुग्नुभयो । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उहाँले बताउनुभयो ।

राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उहाँले सुनाउनुभयो । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उहाँको भनाइ छ । “कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ”, उहाँले भन्नुभयो, “पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु रु” उहाँले दुःखेसो पोख्नुभयो ।

जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो रु उहाँले विगतलाई सम्झिँदै भन्नुभयो, “नपढेता पनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हँुदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।”

यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उहाँले सुनाउनुभयो । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उहाँले बताउनुभयो । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा समेत केही सयोग लिन नसकेको उहाँको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्र्थे भन्ने उहाँलाई लागेको छ ।

नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका विन्देश्वर राम (४२ वर्ष) को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष विताएर आफ्नो देश फर्किनु भएको उहाँले बुवाले गर्दै आएका पेसालाई निरन्तरता दिनुभएको हो ।

छोरा सञ्जय राम ९१७ वर्ष० र भतिजा विजय राम (२८ वर्ष) पनि यतै जुत्ता सिलाउने काम गर्दछन् । बुवा दुखा राम (७० वर्ष) अझैसम्म यही काम गरिरहनु भएको उहाँले बताउनुभयो । “आफू त नपढेर दुख पाए, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोशिस गरें, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पठाईदिन्छु,” उहाँले भन्नुभयो ।

चार छोरी र दुई छोराका बाबु बताउने विन्देश्वर दुई छोरीको विहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताउनुहुन्छ । सम्पत्तिको नाममा बुवाको नाममा दुई कठ्ठा जमिन छ । उहाँको दुई दाजुभाइले बुवाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् ।

सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उहाँहरु सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौँ या त भारतका बजारमा लिन जानु पर्छ । स्थानीय सरकारर्ले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हस्ताको शनिबार ५० रुपैंयाका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका–६ बैरियाका नागेन्द्र रामले ९३७ वर्ष० बताउनुभयो ।

यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेवापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नु पर्ने उहाँले जानकारी दिनुभयो । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरुको सीपलाई सम्मान नगरेको उहाँको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवद्र्धन गर्न सके स्थानीय स्तरका धेरै युवाहरुले रोजगारी पाउने उहाँको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उहाँले बताउनुभयो ।

नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष वित्यो । परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उहाँले भन्नुभयो, “खेतवारी छैन, पेट पाल्नका लागि जसरी भएपनि कमाउनै प¥र्यो ।”

उहाँ जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि एक हजार रुपैंयासम्म कमाउनुहुन्छ । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटान, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतको लागि खर्च पुर्याउनु पर्ने उहाँले बताउनुभयो । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझिदिने उहाँको गुनासो छ ।

यो रामहरुको पुख्र्यौली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उहाँहरुको पेसाले सम्मान पाउन सकेको छैन । उहाँहरुको सीपलाई संरक्षण तथा प्रद्र्र्धन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उहाँहरुको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् । रासस