८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उपयोग हुन छाड्यो बैलगाडा

उपयोग हुन छाड्यो बैलगाडा
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा९लहरु०मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उहाँले बताउनुभयो ।

“पारिवारिक भेटघाट, विवाह, भोजभतेरलगायतका अन्य कार्यमा घर देखिटाढा जाँदा लहरुको प्रयोग ल्याइने गरिनथ्यो”, उहाँले भन्नुभयो, “विगतका ती रमाइला क्षणको वर्णन जति गरे पनि कम हुन्छ, एक जनाले लहरु हाक्थ्यौँ, अरुले गन्तव्यमा जाँदा कथा, कहानी, चुट्किलासँगै रमाईला कुराकानी गरेर बाटो काटेको थाहै हुँदैनथ्यो ।” सवारीको साधनको रुपमा छ दशकअघि गोरुले तान्ने लहरुको चलन निकै हुने गर्दथ्यो । विशेष गरी गाउँका ठूला बडाहरु९जमिदार०ले सवारी साधनका रुपमा बैलगाडा भन्दा सानो लहरुको प्रयोग निकै गर्दथे ।

“काठबाट बनाइएको लहरु आकर्षक रुपमा बनाइएको हुन्थ्यो”, उहाँले भन्नुभयो, “लहरु बनाउन राखिएको काठमा निकै आकर्षकरुपमा बुट्टा बनाएका हुन्थे, आरामले चारदेखि पाँच जनासम्म बस्न सक्ने गरी बनाइएको हुन्थ्यो, गन्तव्यमा छिटो पुग्नका लागि फुर्तिला दौडिन सक्ने गोरुहरु लहरुमा तान्नका लागि प्रयोग गरिन्थ्यो, सवारीका साधनका रुपमा त्यस बेला ग्रामीण क्षेत्रमा एक मात्रै साधन लहरु थियो ।”

“तराईमा लहरुको सट्टा जमिदारले साइकल चढ्न थाले, लहरुभन्दा छिटो पुग्ने पुगिन्थ्यो”, लहानु चौधरीले भन्नुभयो, “त्यस पछि मोटरसाइल हँुदै, हाल कार, जीप चढ्ने चलन चलेपछि लहरु हराए ।” गोरुले तान्ने छ दशकअघिको निकै लोकप्रिय साधन लहरु खोज्दा पनि हाल नपाइने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लहरु पूरै काठले बनाइएको हुन्थ्यो ।

स्थानीयस्तरमै पाइने काठ, डोरी, किला, चक्का राख्ने फलामको धुराको प्रयोग गरी स्थानीय सीप सिकेका व्यक्तिले सहजरुपमा लहरु बनाउने गर्दथे । काठको अभाव र लहरुको ठाउँ अन्य आधुनिक साधनले लिएपछि हराएको स्थानीय बूढापाकाको भनाइ रहेको छ । लहरुभन्दा ठूलो आकारमा बनाइनेसँगै कृषिजन्य सामग्री र काठ ओसार्नका लागि प्रयोग हुने बैलगाडाको प्रचलन परम्परागत रुपमा तराई क्षेत्रमा चल्दै आएको छ । मालवाहक साधनका रुपमा बैलगाडालाई लिइने गरिन्छ ।

“परम्परागत रुपमा बनाइएको बैलगाडा पूरै काठबाट बनाइएको हुन्थ्यो”, नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, बदलिँदो परिवेशअनुसार हाल छिटो गुडाउन र गोरुले तान्न सजिलो हुने भएकाले बैलगाडामा रवरका टायर राख्ने गरिएको छ ।” उहाँका अनुसार बैलगाडा तान्नका लागि गोरु र राँगाको प्रयोग हुने गरेको छ ।

“पहिला थारु समुदायका प्रत्येक घरमा बैलगाडा९लह्रया० हुन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसको ठाउँ हाल पावरटिलर र ट्र्याक्टरले लिइसकेको छ, बैलगाडा हुनेले अनिवार्यरुपमा गोरु र राँगा पाल्नुपर्ने भएकाले घाँसको अभाव, चरन क्षेत्रको कमीले गर्दा किसान आधुनिक ढुवानीका साधनप्रति आकर्षित भएका छन् ।” केही किसानले अझै पनि कृषिजन्य सामग्री ओसार पसार गर्नका लागि पहिलाझै बैलगाडाको प्रयोग गर्दै आएका छन । बैलगाडाको प्रयोग गर्नेको सङ्ख्या भने नगन्य मात्रामा रहेको छ । कृषिका लागि खेत जोत्नेदेखि समान ओसार्नेसम्मको कार्य आधुनिक कृषि यन्त्र र उपकरणले गर्न थालेपछि बैलगाडा ओझेलमा परेका हुन ।

बैलगाडा बनाउने सीप पुस्तौँदेखि हस्तन्तरण हुँदै आएको थियो । हाल बैलगाडानै हराउन थालेपछि बनाउने सीप सिकेका व्यक्तिले अन्य व्यवसाय र पेसा रोज्न बाध्य भएका छन् । पछिल्लो पुस्तालाई लहरु र लह्रया कस्तो थियो भनेर चित्र बनाएर देखाएर बताउनुपर्ने अवस्था सिर्जना भएको परदेशी चौधरीले बताउनुभयो । “परम्परागतकालदेखि लहरु र लह्रयाको चलन चल्दै आएको थियो उहाँले भन्नुभयो, “आधुनिक सवारी साधनले त्यसको प्रचलन हटायो, थारु समुदायको पहिचानका रुपमा रहेका यस्ता साधनको लोप हुनबाट जोगाउनका लागि स्थानीयस्तरबाट प्रयास हुन जरुरी छ ।” बैलगाडाका प्रयोगमा आएको कमीका कारण गोरु र राँगा पाल्ने कार्यमा कमी आएको छ ।