२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङ जीप दुर्घटना अपडेटः ज्यान गुमाउने चारको पहिचान खुल्यो



अ+ अ-

बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताउनुभयो ।