• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

फ्रि–भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारवाही हुनुपर्छ: ओली



झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

आज झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेकोप्रति आपत्ति जनाउनुभयो ।

यसैगरी बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने उहाँले वताउनुभयोे ।

सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं.३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’

देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको अध्यक्ष लिङदेनले बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।