• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

रुपन्देही २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट हेर्न नभ्याइनेमा



काठमाडौँ । उम्मेदवार खारेज भएका रुपन्देही– २ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका नेता राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो ।

गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति साढे ११ बजे सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।

उम्मेदवार गुरुङ आफैँ अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अञ्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मङ्सिर २१ गते फैसला गरेको थियो ।

सर्वोच्च अदालतले यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आज अन्तरिम आदेश दिने कि नदिने सम्बन्धमा दुवै पक्षलाई बोलाइएको थियो ।

निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।