९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

भोट बैंकको रुपमा सुकुम्वासी शिविर

भोट बैंकको रुपमा सुकुम्वासी शिविर
अ अ+ अ-

भजनी । केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा । कुनै समयम घना जङ्गल, यतिबेला खण्डहरजस्तै बनेको छ । त्यहाँका सालका र साजका रुख कता गए त्यसको कुनै लेखाजोखा छैन । अँध्यारोमा बास, पिउने पानीको अभाव, शैक्षिक गतिविधिको पहुँचबाट टाढाजस्ता समस्याले घेरिएका स्थानीयवासीको दैनिकी ।

एकपछि अर्को गर्दै दुई वर्षको अवधिमा तीन सय बिघा जमिन पूर्णरूपमा सुकुम्वासीको कब्जामा भएपछि क्याम्पस प्रशासनले खाली गराउनका लागि निकै प्रयास ग¥यो । ती गरेका प्रयास सफल हुन सकेनन् । त्यसको मुख्य कारण निर्वाचनमा सबैलाई भोटको राजनीति । राजनीतिक आडमा बसेकालाई व्यवस्थित बसोबासको आश्वासन गरेर मत पाएपछि त्यहाँ फर्किएको कुनै समय छैन होला । “अहिले दैनिक छ/सात टोली आउँछन् । हाम्रो पार्टीलाई भोट हाल्नुहोला, हामी उचित बसोबासको ग्यारेन्टी गर्छौँं भनेर”, स्थानीय कमला विकले भन्नुभयो, “त्यसो भनेर आउने कसैको नयाँ अनुहार छैन । सबै पुराना छन् । कसरी विश्वास गर्नु हामीले जग्गा पाउँछौँ भनेर ।”

सोही ठाउँका बलबहादुर विक पनि यतिबेला निकै अन्योलमा हुनुहुन्छ । जीवनको १६ वर्ष त्यहीँ शिविरमा बिताएका बलबहादुर लाई आफूहरुको व्यवस्थापन हुन्छ भन्नेमै शङ्का छ । २०६४ सालको संविधानसभाको निर्वाचनदेखि २०७९ सम्मका सबै निर्वाचनमा सुकुम्वासी, मुक्तकमैया र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने कुरा सबै राजनीति दल तथा उम्मेदवारको घोषणापत्रमा नछुटेको बलबहादुर बताउनुहुँन्छ ।

“हिजोदेखि आजसम्म उहीँ अनुहार छन् भने उहीँ मुद्दा”, बलबहादुरले भन्नुभयो, “कार्यान्वयन हुने कहिल्यै होइन । हालसम्म न हाम्रो अवस्था फेरियो न उम्मेदवारका एजेन्डाका बुँदा ।”

विसं २०७४ को प्रदेश र सङ्घीय निर्वाचनमा शिविरमा बसोबास गर्दै आएका नागरिकको व्यवस्थापन गर्ने भन्दै केही उम्मेदवारले लिखित सम्झौता नै गरेका थिए । पाँच वर्ष बित्यो सम्झौता कार्यान्वयन हुन सकेन । “क्याम्पसको जग्गा नपाए पनि अन्त कतै भए पनि हाम्रो व्यवस्थापन हुन्छ, भन्ने आशा पलाएको थियो । त्यो आशा पाँच वर्षसम्म पनि पूरा हुन सकेन”, स्थानीय सुन्दर चौधरीले भन्नुभयो, “अझै हाम्रो व्यवस्थापन हुन कठिन छ । यत्रो शिविरलाई स्थानान्तरण गरेर व्यवस्थापन गर्नसक्ने अवस्था छैन । क्याम्पसले आफ्नो स्वामित्वको जग्गा दिने कुरा पनि नहोला ।”

शिविरमा बस्दै आएका सूर्य मगर राजनीतिक दलका नेता भन्दा आफ्नै क्षेत्रका अगुवासँग आक्रोशित देखिनुहुन्छ । २०६४ सालमा सुर्खेतबाट बसाइँ सरेर एकतानगर शिविरमा बस्दै आएका उहाँ आफ्नो स्वेच्छाले उम्मेदवारलाई भोट हाल्न नपाएको बताउनुहुन्छ ।

“बाढीकै कारण विस्थापित भएर तराई झरियो । निकै दःुखकष्टका साथ शिविरमा बिताएका दिन सम्झेर साध्य छैन”, सूर्यले भन्नुभयो,“विगतका दुःख सम्झेर शिविरका अगुवाकोपछि लाग्दा उनीहरु बने तर, हाम्रो अवस्थामा कुनै फेरबदल भएन ।” शिविरमा त्यहाँको अगुवाइ गर्ने व्याक्तिको कुरालाई काट्न नसकेका कारण पनि आफ्नो इच्छाएको व्यक्ति भन्दा त्यहाँको अगुवाइ गर्ने व्यक्तिले चाहेको उम्मेदवारलाई भोट हाल्नुपर्ने बाध्यता भएको उहाँहरुको गुनासो छ ।

त्यसैमा शिविरका नागरिक झनै सशङ्कित भएका छन् । टिकापुर नगरपालिकाले सार्वजनिक जग्गा ३५ दिनभित्र खाली गर्न भन्दै सूचना जारी गरेपछि कतै आफूहरु अहिलेको बसेको ठाउँबाट विस्थापित हुनुपर्ने हो कि भन्ने त्रास देखिएको कमल परियार बताउनुहुँन्छ ।

“नगरपालिकाले कस्तो सार्वजनिक जग्गा खाली गर्न भनेको हो थाहा भएन । यदि हामीलाई पनि हटाउन खोजियो भने त्यो निकै महँगो पर्न सक्छ”, कमलले भन्नुभयो, “हामी जग्गा छोड्न तयार छौँ, तर उचित व्यवस्थापन नभएर हामीले वर्षौंदेखि बस्दै आएको जग्गा सहजै छोडेर जानसक्ने अवस्था रहँदैन ।”

नगरपालिकाले सार्वजनिक जग्गा खालिका लागि सूचना जारी गरेपछि क्याम्पसले पनि आफ्नो जग्गा खाली गराइदिन नगरपालिकालाई अनुरोध गरेको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले बताउनुभयो । उहाँले लामो समयदेखि क्याम्पसको नाममा रहेको तर भोगचलन अरुले नै गरिरहेको तीन सय बिघा जग्गा खाली गराइदिनका पत्रसहित अनुरोध गरिएको बताउनुभएको छ ।

उहाँले नगरपालिकाले सूचना जारी गरेको समयमा क्याम्पसको जग्गा पनि अतिक्रमणमा परेको छ भन्ने कुराको जानकारी होस् र त्यसलाई खाली गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइयोस भन्नका लागि पत्राचार गरिएको बताउनुभयो ।

“राजनीतिक दलहरूले सुकुम्बासी बसेको जग्गा क्याम्पसको जग्गा होइन, त्यहाँ बसेकालाई त्यहाँ नै जग्गा उपलब्ध गराउने झुटो भ्रम छर्दै आएको अवस्थामा पनि त्यो जग्गा क्याम्पसको नै हो भन्ने जानकारीका लागि पनि पत्रकार गर्नुपर्ने देखियो ।” क्याम्पस प्रमुख कुँवरले भन्नुभयो, “जग्गा हाम्रो । बस्ने सुकुम्वासी । भोट बैंक राजनीतिक दलका उम्मेदवारको भएको छ । क्याम्पसको जग्गा कुनै राजनीतिक दलको भोट बैंक नबनोस् भन्ने चाहना हाम्रो हो ।”

उता नगरपालिकाका नगर प्रमुख रामलाल डगौँरा थारुले अहिलेको सूचनाले शिविर बस्तीलाई कुनै समस्या नगर्ने बताउनुहुन्छ । उहाँले कुनै विकल्प नभएर सयौँ परिवारलाई विस्थापित गर्न नसकिने बताउँदै बजार क्षेत्रका अतिक्रमण परेका जग्गालाई खाली गराउनका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

“बस्ती हटाउने भन्ने भ्रम शिविरमा छर्ने काम भएको सुन्नमा आएको छ । त्यो सत्य होइन ”, नगर प्रमुख थारुले भन्नुभयो, “विकल्प खोजेर शिविर खाली गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।” रासस