२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलले बोलाए संसदीय दल र मन्त्रिपरिषदको बैठक



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी संसदीय दलको र मन्त्रिपरिषद बैठक मुख्यमन्त्री निवासमा बोलाएका छन्। प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल गर्ने भएका हुन् ।

आगामी कदमबारे रणनीति तय गर्न बुधबार बिहान मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद र संसदीय दलको बैठक राखेका हुन्। मन्त्रिपरिषद बैठकपछि नेकपा एमालेको प्रदेश संसदीय दलको बैठक बस्नेछ। 

संसदीय दलको बैठकले अविश्वास प्रस्तावको सामना गर्ने कि राजीनामा दिने भन्ने निर्णय गर्ने स्रोतको दाबी छ। विपक्षी गठबन्धनका पक्षमा बहुमत ४१ सांसद देखिएकोले मुख्यमन्त्री पोखरेल राजीनामा दिने तयारीमा देखिएका छन्।

एमालेले प्रदेश सभा बैठक नै बहिष्कार गर्न सक्ने पनि चेतावनी दिइरहेको छ।