२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलले बोलाए संसदीय दल र मन्त्रिपरिषदको बैठक



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी संसदीय दलको र मन्त्रिपरिषद बैठक मुख्यमन्त्री निवासमा बोलाएका छन्। प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल गर्ने भएका हुन् ।

आगामी कदमबारे रणनीति तय गर्न बुधबार बिहान मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद र संसदीय दलको बैठक राखेका हुन्। मन्त्रिपरिषद बैठकपछि नेकपा एमालेको प्रदेश संसदीय दलको बैठक बस्नेछ। 

संसदीय दलको बैठकले अविश्वास प्रस्तावको सामना गर्ने कि राजीनामा दिने भन्ने निर्णय गर्ने स्रोतको दाबी छ। विपक्षी गठबन्धनका पक्षमा बहुमत ४१ सांसद देखिएकोले मुख्यमन्त्री पोखरेल राजीनामा दिने तयारीमा देखिएका छन्।

एमालेले प्रदेश सभा बैठक नै बहिष्कार गर्न सक्ने पनि चेतावनी दिइरहेको छ।