२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल, महँगा गाडीलगायतको आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याउन सिफारिस



अ+ अ-

काठमाडौं । सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको सुझाव दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो ।

योसँगै विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात २९ मंसिरसम्म यथावत रहने भएको छ ।