५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीय भारतीय ग्रान्डमास्टरले विश्व चेस च्याम्पियन म्याग्नस कार्लसनलाई हराए



अ+ अ-

भारतका किशोर चेस ग्रान्डमास्टर रमेशबाबु प्रज्ञानानन्दले अनलाइन च्याम्पियनसिपमा विश्व नम्बर एक म्याग्नस कार्लसनमाथि शानदार जित हासिल गरेकोमा प्रशंसा पाएका छन्।

सन् २०१६ मा १० वर्षको उमेरमा इतिहासको सबैभन्दा कान्छो अन्तर्राष्ट्रिय मास्टर बनेका १६ वर्षीया प्रज्ञानानन्दले सोमबार राति एयरथिङ्स मास्टर्स र्यापिड चेस प्रतियोगितामा कार्लसनलाई हराए।

“सुत्ने बेला भइसकेको छ किनकि बिहान २ः३० बजे बेलुकाको खाना खान्छु जस्तो लाग्दैन”, स्पष्टरुपमा शान्त उनले कालो गोटी लिएर ३९ चालको जीतपछि भने ।

जसमा भारतीयहरू विश्वनाथन आनन्द र पेन्टाला हरिकृष्णलगायत अरूले कार्लसनलाई हराए तर  सन् २०१३ मा नर्वेली विश्व च्याम्पियन भएयता प्रज्ञानानन्द सबैभन्दा कान्छा हुन् ।

पाँच पटकको विश्व च्याम्पियन र भारतले उत्पादन गरेको सबैभन्दा ठूलो चेस खेलाडीका रूपमा प्रशंसित आनन्दले ट्वीट गरेः ‘हाम्रो प्रतिभामा सधैँ गर्व, प्रज्ञानानन्दका लागि धेरै राम्रो दिन।’

पन्ध्र लाखभन्दा बढीको कुल पुरस्कारको मेल्टवाटर च्याम्पियन्स चेस टूर इभेन्टमा ३१ वर्षीय कार्लसनको चाल कमजोर देखियो ।

सोमबार कार्लसनले आफू अझै भर्खरको कोरोना भाइरस सङ्क्रमणको पछिको प्रभाव महसुस गरिरहेको बताएका थिए । न्युज एजेन्सी