• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

मनाङ: काङ्ग्रेसबाट टेकबहादुर र एमालेबाट पाल्तेन छोपाङको उम्मेदवारी



मनाङ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेका केन्द्रिय सदस्य टेक बहादुर गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पानीमा रुझ्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज केन्द्रिय सदस्य गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
काङ्ग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्र जंग गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गठबन्धनको समर्थनमा प्रदेश ‘ख’ मा राजीव गुरुङ (दीपक मनाङे)ले उम्मेदवारी दर्ता गराउनु भएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताउनुभयो । प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवार कर्मा ध्वर्जे लामा गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट पाल्तेन छोपाङ गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेले प्रदेश ‘क’मा राजन गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुख्या गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।