• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे

गोरखा २ मा डा माधवी भट्ट पराजुलीको उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा माधवी भट्ट पराजुलीले गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसै क्षेत्र बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले पनि मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन दर्ता पछि भट्टले भन्नुभयो “गोरखाले मलाई यस पटक न्याय गर्छ ।”

गोरखामा उम्मेदवार बन्ने घोषणा संगै केही दिन अघि भट्टले सामाजिक संञ्जालमा लेख्नुभएको थियो-

प्रचण्ड विरुद्द मेरो उम्मेदवारी !!
गोरखाले मलाइ न्याय गर्नेछ ।

गोरखा क्षेत्र नं २ वाट प्रचण्ड विरुद्ध उम्मेदवारी दिने निर्णय गरेको छु । जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउनेछु ।गोरखा क्षेत्र नं २ मेरो जन्मस्थान मात्र होइन ।

त्यहाँको नेपाली काँग्रेस पार्टी निर्माण गर्न मेरो स्वर्गीय पिताजी रोहिणी भट्टको २००४ सालदेखिको त्याग तपस्या र बलिदानी छ । बिस २०५१ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको मेरो बुबाले करिब १० वर्ष भारतमा प्रवास र पटक पटक नेपालको जेल जीवन बिताउनु भएको छ । म त्यही हुर्के बढेको हुँ ।

मलाइ लाग्छ निष्ठावान् व्यक्तिहरूले अहिंसाका पक्षधर मेरो पिताको सङ्घर्षपूर्ण सुस्केराहरूलाई भुलेका छैनन् । मेरो क्षमता र निष्ठालाई अनुमोदन गर्नेछन् भन्ने विश्वास लिएको छु ।

असल र संघर्षशील मानिसहरूको राजनीतिक जीवन हत्या गर्न पार्टीका नेताहरू लाग्छन् भने अन्तरात्माको भाव सुनेर सही निर्णय लिन पछि हट्न हुन्न । बिपीले भन्नुभएको छ गलत कामको विरुद्ध बोल्न नसक्नेहरू कार्यकर्ता होइनन् दास हुन । मैले दास बन्न चाहिन ।

जय नेपाल