• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा वरिष्ठ नेता पौडेलको उम्मेदवारी



डुम्रे । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताउनुभयो । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको उहाँको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । “देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व आवश्यक छ । सोही मागअनुरुप नै मेरो उम्मेदवारी हो”, उहाँले भन्नुभयो ।

देशको समग्र विकास र स्थिर सरकारका लागि यस निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कार्यका विषयमा जनतासमक्ष पु¥याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गर्नुभयो ।

पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आउनुभएको थियो । समयसमयमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणासहित सहयोगको लागि मतदातासमक्ष अनुरोध गर्दै आउनुभएको थियो । कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहो¥याको छ ।