• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा



file

बैतडी । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो ।

स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् । यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ । ८० भन्दा बढी परिवारको बस्ती रहेको ढुङ्गाडमा सेती नदीले बस्तीतर्फ कटान सुरु गरेको र स्थानीय सुरक्षित स्थानमा सर्न थालेका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

नदी बस्तीतर्फ आउन थालेपछि स्थानीय बासिन्दा खाद्यान्न तथा बाँसका लगि चाहिने सरसामान नजिकैको शारदा माध्यामिक विद्यायलमा सर्न थालेका हुन् । गत वर्ष कात्तिकमा आएको लगातारको वर्षाले सेती नदी बस्तीमा पसेपछि यहाँ धानबालीमा ठूलो क्षति पुगेको थियो । बैतडीमा बुधबार रातिदेखि लगातार वर्षा भइरहेकाले जिल्लाको जनजीवन प्रभावित भएको छ ।