६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कति छन् ‘स्टार’ होटेल ?



अ+ अ-

काठमाडौं । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रूम (कोठा) संख्या ८ हजार ५९५ रहेको छ, भने बेड अर्थात् शय्या संख्या १३ हजार ८७७ रहेको छ ।

यी होटेलहरूमा ३ हजार ५३२ जनाले रोजगारी पाएका छन् । पर्यटकीय स्तरका होटेलहरूको संख्या १ हजार १७१ छ । विभागका दर्ता भएका तारा स्तर र अन्य गरी कुल १ हजार ३१३ होटेल रहेका छन् भने यिनीहरूको कुल बेड संख्या ४५ हजार ८५० रहेको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जीसीले यो संख्या विभागमा दर्ता भएका होटेलहरूको मात्रै हो । ठूलो संख्याका होटेलहरू विभागसम्म आइनसकेको उनले बताए । विभागमा दर्ता नभए पनि होटेल व्यवसाय सञ्चालन गर्न पाइन्छ । 

होटेल व्यवसायीहरूले स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएर हस्पिटालिटी सेवा उपलब्ध गराउन सक्छन् । ‘तारेस्तरको मान्यता लिनका लागि विभागमा दर्ता हुनैपर्छ,’ जिसीले भने, ‘तर, सञ्चालन गर्नका लागि अन्य निकायमा दर्ता भए पनि हुन्छ ।’, समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।