६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप लगाएको प्रमाणपत्र लिन झरीमा रुझ्दै सडकमै रात



अ+ अ-

काठमाडौं । अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए। जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए।

उनीहरूको समस्या बुभ्ने हाम्रो हुटहुटी झरीले रोक्न सकेन। दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २ः१५ बजे देखाएको थियो। पानी परिरहेकै थियो। अस्पताल गेट अगाडिको सडकपेटी खचाखच थियो। कोही मोबाइलमा व्यस्त थिए, कोही निदाएका। कोही एकापसमा दुःख र पीडाका कुरा गरिरहेका थिए। सरकारले खोप प्रमाणीकरणलाई व्यवस्थित नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।

अस्पतालमा सबैभन्दा पहिले पुगेका थिए, धनबहादुर महर्जन। स्वयम्भूका महर्जन गेटको एक कुनामा बसेर आफ्नो पालो मिचिएला कि भनेर चनाखो देखिन्थे। उनी पहिलो नम्बरमा पर्न शनिबार बिहान १० बजे नै गेटमा गएर बसेका रहेछन्। त्यहीँ नै रात कटाए। 

‘कोरोनाले विदेश जान अर्को कागज थप्यो। खोप लगाएर मात्रै भएन, यसको पनि प्रमाणपत्र र क्यूआर कोर्डका लागि लाइन नलागे उपाय छैन’, उनले भने, ‘दैनिक २ सय जनाभन्दा बढीले यो सेवा पाउँदैनन्। २ सय जनाभित्र पर्न अघिल्लै दिन आउनुको विकल्प छैन।’ , समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।