३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप लगाएको प्रमाणपत्र लिन झरीमा रुझ्दै सडकमै रात



अ+ अ-

काठमाडौं । अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए। जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए।

उनीहरूको समस्या बुभ्ने हाम्रो हुटहुटी झरीले रोक्न सकेन। दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २ः१५ बजे देखाएको थियो। पानी परिरहेकै थियो। अस्पताल गेट अगाडिको सडकपेटी खचाखच थियो। कोही मोबाइलमा व्यस्त थिए, कोही निदाएका। कोही एकापसमा दुःख र पीडाका कुरा गरिरहेका थिए। सरकारले खोप प्रमाणीकरणलाई व्यवस्थित नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।

अस्पतालमा सबैभन्दा पहिले पुगेका थिए, धनबहादुर महर्जन। स्वयम्भूका महर्जन गेटको एक कुनामा बसेर आफ्नो पालो मिचिएला कि भनेर चनाखो देखिन्थे। उनी पहिलो नम्बरमा पर्न शनिबार बिहान १० बजे नै गेटमा गएर बसेका रहेछन्। त्यहीँ नै रात कटाए। 

‘कोरोनाले विदेश जान अर्को कागज थप्यो। खोप लगाएर मात्रै भएन, यसको पनि प्रमाणपत्र र क्यूआर कोर्डका लागि लाइन नलागे उपाय छैन’, उनले भने, ‘दैनिक २ सय जनाभन्दा बढीले यो सेवा पाउँदैनन्। २ सय जनाभित्र पर्न अघिल्लै दिन आउनुको विकल्प छैन।’ , समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।