काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ ।
१७६ रनको लक्ष्यको जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र जोड्यो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले ३८ बलमा ३८ रन, ज्ञानेन्द्र मल्लले १६ बलमा २० रन र आरिफ शेखले १२ बलमा ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
युएईका अहमेद राजाले ५, जुनेद सिद्धीकीले ३ विकेट लिँदा जहुर खान र रोहन मुस्तफाले १–१ विकेट लिए ।
त्यसअघि युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोड्यो ।
युएईका लागि मुहम्मद वशीमले ४८ बलमा ७० रनको योगदानी दिए । यस्तै, भृत्य अरवीन्दले २३ बलमा ४६ रन जोडे । यस्तै, मुहम्मद गशमानले २४ बलमा १७ रन जोडे भने अवार फरिदले ४ बलमा ११ रन जोडे ।
नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए ।
ओमानको अल अमेरात मैदानमा भएको सेमिफाइनलमा युएईसँग ६८ पराजित भएसँगै नेपाल विश्वकपमा छनोट हुन चुक्यो ।
नेपालले युएईलाई परजित गरेको खण्डमा नेपाल विश्वकपमा छनोट हुने थियो । योसँगै युएईले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाएको छ ।