८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति
अ अ+ अ-

कर्णाली । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरुले विरोध जनाएका छन् ।

नेपाल राष्ट्र बैंकले रु पाँच करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर बैंकहरुले सात दिनभित्र ब्याज÷हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गर्नेलगायतका कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले आपत्ति जनाएको छ ।

सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार–व्यवसाय धरापमा परेका बेला राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायीहरुलाई मानसिक तनाव दिने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋणीलाई सहजीकरण गर्नुको साटो तनाव दिने कामप्रति हाम्रो गम्भीर असहमति छ ।”

सङ्घका अध्यक्ष कँडेलले आफू पनि बैंकको ताकेताबाट पीडित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैंकले मनपरी ब्याज बढाउने, राष्ट्र बैंकको निर्देशन विपरीत ताकेता गर्ने काम भइरहेको छ ।” नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैंकहरुले अस्वाभाविक रुपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गर्नुभयो ।

यसअघि सुर्खेत उद्योग वाणिज्य सङ्घले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउनाका साथै राष्ट्र बैंक र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैंकहरुलाई विरोधपत्र बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैंकको निर्देशन विपरीत बैंकहरुबाट काम भइरहेको भए कारबाही हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैंकका कार्यहरुको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैंकले आवश्यक कारबाही गर्छ ।” बैंकको ब्याजदर घटाउने, नियन्त्रण गर्ने विषयमा छलफल चलिरहेको उहाँको भनाइ छ । प्रवक्ता भट्टले ऋणीले अर्थतन्त्रको व्यापारचक्र बुझ्न नसक्दा पनि समस्या देखिएको बताउनुभयो ।