२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

मन्त्री बन्न दाम्लो छिनालेपछि….

मन्त्री बन्न दाम्लो छिनालेपछि….
अ अ+ अ-

काठमाडौ  । जोगी हुन कसैले पनि राजनीति गर्दैन, प्राय सबै राजनीतिमा लागेकाहरुले अनौपचारिक रुपमा भन्ने बाक्य यही हो । औपचारिक रुपमा त देश र जनताको सेवा छँदैछ । यतिबेला मुलुकमा प्रमुख चार पार्टी एउटा समूहभित्र सरकारमा गएर कसले सेवा गर्ने भन्ने हानाथाप छ । जसका कारण ती पार्टीका मुख्य नेताको हैरानी प्रतिदिन बढ्दो छ ।

केही दिनअघि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्न आफुलाई निकै सकस परेको भन्दै आफूमाथि परेको दबाबको अनूभुति कार्यकर्ताहरुसँग राख्नु भएको थियो । साउन ९ गते शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो 'कसलाई मन्त्री बनाउने भन्ने विषयमा मेरो दिमागमा आतंक चलिरहेको छ । आतंक छ, मेरो दिमागमा कस्लाई मन्त्री बनाउने कस्लाई नबनाउने ? मिले त उन्पचासै जनालाई बनाइदिन पाए हुन्थ्यो तर के गर्नु मिल्दैन त । ' 

उहाँले  प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने अबस्था रहेको बताउनुभएको थियो । दाहालले भन्नुभयो 'यहाँ मन्त्री पाएन भने नेतृत्वलाई सरापेर हिंड्ने, मन्त्री पायो भने मात्र गर्ने प्रवृत्ति जबर्जस्त छ, अहिलेको परिपाटीभित्र ।'

दाहाल  मात्र होइन प्रतिपक्षको कुर्सीमा बसेर सत्तापक्षको अनौठो अभ्यास गरिहहनु भएका माधब नेपाललाई पनि उस्तै हैरानी छ । शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदको दबाब पनि नेपाललाई उत्तिकै छ । सरकारमा त जाने तर कुन पार्टीबाट जाने भन्ने अन्योल रहेको सो समूहका सांसदहरुले नेता नेपाललाई दैनिक रुपमा नै दवाब दिन थालेका छन् कि सरकारमा जाने बाटो निकाल्नुहोस कि निकास दिनुस भन्दै ।

केही दिन पहिले नेपाल पक्षका केही सांसदले त प्रधानमन्त्री देउवालाई भेटर मन्त्री बनाइदिन आग्रह समेत गरे, तर देउवाले नेता नेपालको सहमति आवश्यक पर्ने बताएपनि उनीहरु फेरि कोटेश्वर फर्किएका थिए । आफ्नो समूहले लिने बाटो तय गर्न सकस भएको नेता नेपाललाई मन्त्री पदसँग विभिन्न निकायमा रिक्त हुने राजनीतिक नियुक्ति भित्रको भागबण्डा मिलाउन पनि उत्तिकै हैरान छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले त्यहीँ दिक्दारी पोख्नुभयो । उहाले भन्नुभयो ‘केही साथीहरुलाई हामी जान्छौं भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो, दाम्लै चुँडाल्नेलाई म के गर्न सक्छु र । आफ्नैलाई त रोक्न सकिएको छैन । तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ । दाम्लो नचुँडाउनुहोला, मैले भनिरहेको छु ।’

सत्ता सकस मिलाउन नसक्दा सरकारबाट बाहिरनु भएका पूर्वप्रधानमन्त्री ओली केही दिन संसदमा त्यही समस्या बुझेर भन्नुभयो– लौन प्रधानमन्त्रीज्यू, मेरा साथीहरुलाई मन्त्री बनाइदिनु न । मेरै पार्र्टीका केही मानिसहरू पाउँला र खाउँला भनेर यहाँको पछाडी कुदेका छन् । तिनीहरूलाई मन्त्री बनाइदिनुस् न, किन बिलम्ब गर्नुभएको ?

मन्त्री खान स्वाँस्वाँ र फ्याँफ्याँ गरिरहेको भन्दै उहाँले भन्नुभयो– तपाईका ‘पछिपछि हिँडेका छन्, प्लिज तिनीहरूलाई मन्त्री बनाइदिनु न, बिहान–बेलुकी चाकरीमा हाजिर भएका छन्, मेरो दलमा घाटा भए सहुँला बुझुँला, मन्त्री बनाइदिनुस् ।

संसदमा प्रमुख प्रतिपक्ष दलका नेताका हैसियतम संसदमै बोल्दै प्रधानमन्त्रीले यसो भन्नु भनेको निर्लज्ताको पराकाष्ठा नै हो । त्यसो त, यो उहाँको ब्यंग्य थियो, सबैले बुझेकै छन् । तर पनि मन्त्री बन्ने यो जीवन मरणको सकसबाट उहाँ बेखबर भने पक्कै हुनुहुन्न ।

पटक पटक प्रधानमन्त्री भएका र मुलुकका ठूला राजनीतिक दलका यी जिम्मेवार नेताहरुले मन्त्री पदका लागि खर्चिका यी शब्दले मन्त्री पदको मान मर्दन मात्र गर्दैन, देशमा व्याप्त पद लोलुपता र अझ त्यो भन्दा पनि माथि त भ्रष्टाचारको तहको पनि खानतलासी गर्दछन् । तर पनि नेताहरु मन्त्री बन्न दाम्लो छिनाल्न भने पटक्कै छोड्दैनन् ।